दाङ – घोराही उपमहानगरपालिका–४ स्थित सगरमाथा सिमेन्ट उद्योगका काम गर्ने ६५बर्षका निश्चल राईको मृत्यु भएको छ । सुतेको अवस्थामा बेहोस भेटिएपछि अस्पताल पुर्याइएका राईको उपचारका क्रममा मृत्यु भएको हो।काठमाडौंको बानेश्वर घर भएका उनी दाङको सगरमाथ सिमेन्ट उद्योगमा मजदुरी गर्दै आएका थिए ।
Advertisement
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहका अनुसार आफ्नै कोठामा सुतेका राई बेहोस भई सँगै काम गर्ने साथी जीवराज शर्माले राप्ती विज्ञान प्रतिष्ठानमा उपचार गर्न लैजाँदा उनको मृत्यु भएको हो । उनको शव प्रतिष्ठान कै शवगृहमा राखिएको डिएसपी शाहले जानकारी दिए ।