• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्रदेश ५ को राजधानी कपिलवस्तु बनाउन पहल सुरु


  •   बुधबार, चैत २७, २०७५ मा प्रकाशित
  • कपिलवस्तु- प्रदेश ५ को स्थायी राजधानीका लागि रुपन्देही र दाङबीच विवाद भईरहेका बेला कपिलवस्तुका जनप्रतिनिधीहरुले कपिलवस्तुलाई स्थायी राजधानी बनाउन पहल थालेका छन। कपिलवस्तु जिल्लाका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता समेत जनाएका छन् । बुद्धभूमिको गोरुसिंँगेमा राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानले छलफल चलाएको हो।अभियानको अगुवाइमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्रमुख उपप्रमुखसहितको छलफलमा उनीहरूले कपिलवस्तुलाई राजधानी बनाउने प्रतिबद्धता जनाएका हुन् । नगर प्रमुखहरू शिवराज नगरपालिकाका नेत्रराज अधिकारी, वाणगङ्गाका मङ्गलप्रसाद थारु र बुद्धभूमिका केशवकुमार श्रेष्ठले प्रदेशका भौतिक संरचना बनाउन कपिलवस्तुमा पर्याप्त जग्गा भएको बताउँदै आफूहरू ‘प्रदेश राजधानी’लाई जग्गा दिन आतुर रहेको स्पष्ट पारे । छलफल कार्यक्रममा शिवराजका प्रमुख अधिकारीले चन्द्रौटा वन कार्यलयको पश्चिममा कुनै रुखविरुवा नभएको राजमार्गको उत्तरपट्टिको २५० देखि ३०० बिघा जमीन रहेको र त्यहाँ प्रदेशका विभिन्न मन्त्रालय, निर्देशनालय र विभागसहितका उद्यान आदि बनाउन पर्याप्त हुने बताए ।
    वाणगङ्गा प्रमुख थारुले मधुवन धाममा रहेको १५० देखि २०० बिघा जग्गा अहिल्यै दिन सकिने स्पष्ट पार्दै वाणगङ्गा नदी उकासको जग्गा अधिग्रहण गर्ने हो भने तीन हजार बिघा बढी जग्गा सहजै उपलब्ध हुनेछ भने । बुद्धभूमिका प्रमुख श्रेष्ठले नेपाल सरकारले बुद्धभूमि नगरपालिकाका लागि बुडढीस्थित राजमार्ग चौराहाको हनुमान चोक आसपासमा उपलब्ध गराएको करीब एक हजार बिघा जमिन प्रदेश राजधानीले लिँदा आफूहरूलाई स्वीकार्य हुने बताए । त्यस्तै महाराजगञ्जका प्रमुख अब्दुल कलामले राजधानी राजमार्गमा रहँदा सबैलाई पायक पर्ने भएकाले तीन नगरपालिकाअन्तर्गत जहाँ उपयुक्त हुन्छ त्यहीँ राख्न प्रदेशसभालाई अनुरोध गरे । छलफलमा सहभागी कपिलवस्तु नगरपालिकाका कावा प्रमुख लक्ष्मी गुप्ता कसौधनले प्राचीन कपिलवस्तुको तिलौराकोट कपिलवस्तु जिल्लामा नै रहेकाले त्यहीँ नै राजधानी हुनुपर्ने तर्क गर्दै तौलिहवा आसपासमा पर्याप्त जमिनको अभााव रहेकाले राजमार्ग आसपासमा राख्नुपर्ने विचार राखे ।
    त्यस्तै वाणगङ्गाका उपप्रमुख चक्रपाणि अर्यालले कपिलवस्तुका सबै स्थानीय तहवाट जे जस्तो स्रोतसाधन आवश्यक हुन्छ त्यो उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । यसरी विभिन्न स्थानीय तहका प्रमुखबाट स्थायी राजधानीका लागि ठूलो परिमाणमा जग्गा उपलब्ध गराइने प्रतिबद्धतासँगै आगामी वैशाख ४ गते बृहत् छलफल आयोजना गर्ने निर्णय भएको राजधानी अभियानका सचिव गीता अञ्जानले जानकारी दिइन् ।

    Advertisement

    बुधबार, चैत २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation