माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) । कराते खेलाडी रामु सुनारलाई सम्मान गरिएको छ । अन्तराष्ट्रिय पदक व्युनर कप,बदोकन कप,ओपन यु एक कप र नेशनल च्याम्पेनसिपमा विभिन्न पदक जितेका सुनारलाई सनिवार चन्द्रौटामा व्यापार संघ कपिलवस्तुले सम्मान गरेको हो । संघका अध्यक्ष माहादेव पोख्रेलले सुनारलाई दोसल्ला प्रमाण पत्रले सम्मान गरेका थिए ।
शिवराज नगरपालिका ९ शिवगढी घर भएका सुनार विगत लामो समयदेखी कराते खेलमा खेलाडीको रुपमा परिचित रहेका छन । वैदेशिक रोजगारीको क्रममा दुबै पुगेका सुनारले त्यहावाट आफ्नो खेललाई स्थापित गरेका हुन । कपिलवस्तु रहदा सम्म प्रशिक्षकको रुपमा रहेका सुनारले करिव ३ सय खेलाडीहरु उत्पादन गरेको वताए ।
खेलाडीहरुलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै खेलाडीहरु एक जुट हुनुपर्ने वताए । युवा पिढिहरु कुलतमा फसेको सन्र्दभमा खेलले त्यसवाट छुटकरा पाउन सकिने जनाए । रोजगारीको लागी विदेश गएको भएपनि त्यहाको सरकारले आफुलाई विभिन्न खेलमा समावेश गरेको वताए ।
कपिलवस्तु जिल्लामा कराते खेलाडीहरु धेरै भएपनि ओझेलमा परेको जनाए । खेलाडीहरु धेरै छन तर कहा छन भन्ने कसैलाई थाहा छैन ति खेलाडीहरु वाहीर ल्याउन सक्यौ भने देशको नाम ति खेलाडीले राख्थे सुनारले भने । खेलाडीहरु लाई स्थानियहरुको साथ नपाए सफल हुन नसक्ने वताए । खेललाई सम्मान गर्दै आत्मरक्षाको लागी भएपनि कराते अनिवार्य रहेको जिकिर गरे ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले खेलाडीको देशको गहना रहेको वताए । अन्तराष्ट्रिय पदक जित्नु आफैमा खुसीको कुरा रहेको भन्दै सुनारको प्रशंसा गरे । खेलामा अझै उर्जा आवश्यक रहेको भन्दै अब यस क्षेत्रका खेलाडीहरुलाई स्थान दिनुपर्ने वताए ।
संघका अध्यक्ष पोख्रेलले रोजगारीको लागी गएका एक युवाले राष्ट्रको नाम परिचित गराउनु गौरवको कुरा भएको वताए । यस क्षेत्रमा रहेर लामो समय खेलाडीको रुपमा रहेका सुनारलाई स्थापित गराउनु दायित्व सवैको रहेको वताए । खेलाडीको रुपमा वाहिर देशमा पठाउने समयमा रोजगारीको लागी पठाउन वाध्य हुनु दुखत कुरा रहेको वताए ।
करातेका खेलाडी रामु सुनारलाई सम्मान
करातेका खेलाडी रामु सुनारलाई सम्मान

Advertisement
तपाईको प्रतिक्रिया