• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ८. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सरुमारानीमा अन्तरजातीय बिहे गर्ने ६६ जोडीलाई सम्मान


  •   बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
  • प्यार/सलिम,प्युठान- जिल्लाको सरुमारानी गाउपालिका अन्तर्गत ६ वटै वडाका अन्तरजातीय बिहे गर्ने ६६ जोडीलाई सम्मान गरिएको छ।५४ औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसका अवसरमा दलित उत्थान समिती सरुमारानीले जातीय विभेदको अन्त्य गर्न प्रोत्साहन स्वरुप ६६ जोडीलाई सम्मान गरेको हो । विवाहीत जोडीलाई प्रदेश नम्बर ५ का संसद हरि प्रसाद रिजाल, दोस्रो संविधान सभाका सदस्य धन बहादुर रायमाझी र सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले सम्मान गरेका हुन्।
    दलित र गैर दलितबीचको अन्यायपूर्ण कुमान्यतालाई तोड्न साहस गर्ने जोडीहरुलाई सम्मान गरिएको समितीका संयोजक पुर्ख सिं सुनारले बताए। सरुमारानी गाउपालिकाको आर्थिक सहयोगमा दलित उत्थान समितीले सम्मान गरेको सुनारले बताए। सम्मानीत हुने जोडिहरुले अन्तरजातीय विवाह समाजमा स्वीकार्य बन्दै गएको बताएका छन्।ती जोडीहरूमध्ये अधिकांशले अन्तरजातीय विवाह सामाजिक चेतना बढेसँगै स्वीकार्य बन्दै गएको बताएता पनि तर माइती पक्ष र घर पक्ष दुबै तर्फबाट मानसिक यातना दिने क्रम भने अझै पूर्ण रूपमा बन्द भइनसकेको गुनासो गरे।

    Advertisement

    सरुमारानी २ बर्नबिर निवासी २८ वर्षीय सुदिप सुनारले सोही ठाउँ निवासी २३ वर्षीया भागिसरा रानासँग ५ बर्ष अघि प्रेम भएपछि भागेर विवाह गरे। ‘आफ्नो जातभन्दा माथिको सँग विवाह गर्ने भन्दै मसँग सुरुमा आमा बुबा रिसाएका थिए तर पछि विस्तारै मैले मनाउन सकेँ,’ भागिसराले भनिन्। सुरूमा समाजमै उनीहरूलाई विकसँग बिहे गरेको भनेर खिसी गरे पनि पछि विस्तारै सहज भएको उनीहरूले बताए। तर, माईतीघरमा दुईटैलाई स्वीकारेको उनिहरुले सुनाए। अरुले जे गरेपनि आफूहरू भने खुसी राजी भएको उनीहरूको तर्क थियो। ‘जात भात भन्ने गलत कुरा हो। कोही मान्छे जातले उचो र निच हुँदैन,’–सुदिपले भने, ‘सबैभन्दा महत्वपूर्ण सवाल व्यक्तिको चिन्तन हो, क्षमता हो र विश्वास हो।’ राज्यका तर्फबाट धेरै पछि भएपनि प्रोत्साहन पाउँदा खुसी लागेको सरुमारानी ३ का बिक्रम सुनारले बताए । १० बर्ष अघि बर्दियाकी कल्पना थापा सँग विहे गरेको यी जोडीलाई पनि अन्तर्जातिय बिहे गरेका कारण कुनै बिभेदको सिकार हुन नपरेको सुनाए। उनले भने आफूलाई महिला र पुरुष भन्ने जात मात्रै थाहा भएको र अन्य जातभातको कुराको मतलब नभएको बताए।

    गाउँमा धेरैले अन्तरजातीय विहे गरेका भएपनि गुपचुपमा नै छन्। सम्मानीत जोडीहरुले प्रमाण पत्र, दोसल्ला र अविर लगाएर मात्र न्याय नमिल्ने बताए। दलित हुनुको कारण समाजले दिएको चोट, गरिएको अपहेलना र तिरस्कारका विरुद्ध राज्य मौन हुन दुखत भएको दलित अगुवा सन्तोष बिकले बताए। कार्यक्रममा पालिकाभित्रका दलित एकल महिला,जेष्ठ नागरिक र दलित तथा जेहेन्दार छात्रछात्रालाई समेत सम्मान गरिएको थियो। सरुमारानी गाउपालिकाका कानुनी सल्लाहकार यादव प्रसाद खनालले संवैधानिक एवं कानुनी व्याबस्थाका बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा जनप्रतिनिधी सहित जिल्ला बालसंजाल समितीका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, नेकपाका प्रदेश ५ सदस्य बिजय बिराज बिष्ट्र, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्युठान प्रहरी प्रमुख,प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी लगायतको विशेष उपस्थिती रहेको थियो।

    बिहिबार, चैत ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वडाध्यक्ष तीन लाख घुससहित पक्राउ
    कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    दाङमा बाघको छालासहित तीन जना पक्राउ
    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • २.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ३.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ४.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ५.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ६.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ७.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ८.
      सडकको बीचमै बिजुलीको पोल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...