प्रिया स्मृती गजमेर ,दाङ्ग लमही
वडा प्रहरी कार्यालय लमहीले होलि पर्वलाई सभ्य तरिकाले मनाउन आम सर्बसाधारणलाई आग्रह गरेको छ । यहि २०७५ साल चैत्र ७ गते पर्ने फागु पुर्णिमा (होली) लाइ अनुशासित, मर्या्दित,सभ्य र आपसी सद्भाव कायम गरी शान्तिपुर्ण तरीकाले मनाउन सर्वसाधारणमा आग्रह गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिहले बताए । होलि पर्वमा इच्छ्या बिपरित रंग लगाउने, जाड रक्सि सेवन गरेर लडाई झगडा गर्ने,होहल्ला गर्ने,मादक पदार्थ सेवन गरेर सवारी चलाउने जस्ता कानुन बिपरित कार्य गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने प्रमुख सिहले बताए । साथै गाउ घरमा पर्वको नाममा जुवातास जस्ता समाजलाई दुर्घटना तर्फ डोर्याउने कार्य कहिँ कतै हुने गरेको भेटाए तुरुन्तै प्रहरीलाई सूचना दिएर सहयोग गर्न पनि प्रमुख सिहले सर्बसाधारणलाई अनुरोध गरेका छन् ।
Advertisement