काठमाडौं– सोमबार बेलुका करिब सवा आठ बजे सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
सल्यानको श्रीनगरबाट लुहामतर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर शारदा नगरपालिका– १ शान्तिनगरमा दुर्घटनामा परेको हो ।दुर्घटनामा मृत्यु हुनेमा शारदा नगरपालिका १२ चिसापानी बस्दै आएका २३ वर्षीय चालक कृष्णबहादुर डाँगी र शानपा १ चैवाङजिउलाका १३ वर्षका अमर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Advertisement