राम बहादुर बिश्वकर्मा,प्युठान।
रुखले च्यापिएर प्युठानमाा एक जनाको ज्यान गएको छ । प्युठानको गौमुखि गाउँपालिका–७ मा रुखले च्यापिएर एक जना युवकको ज्यान गएको हो ।
पैयोको रुख काट्दै गरेको समयमा मोटरसाइकल सबार सोही वडाका २७ वर्षीय गिर बहादुर जि सि ब्यक्तिगत कामको लागि वडा कार्यालयमा आउदै गर्दा रुख ढली जि सि को ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
रुख काट्दै गरेका मुम बहादुर परियार ,चुमान सार्की ,बोमे दमाई र मदुराम सामत लाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले आक्रोस व्यक्त गर्दै शबलाई घटना स्थलमै राखिएको बुढाथोकीले बताए ।
Advertisement