नवलपरासी(सुनवल)-उद्योग बाणिज्य संघ नवलपरासीले आज क्षेत्र नं ३ र ४को क्षेत्रिया भेला एवं आयकर,मल्यअभिबृद्धि कर, अन्तशुल्क लगायतका कर सम्बन्धि करदाता शिक्षा कार्यक्रम शनिवार भुमहिमा सम्पन्न गरेको छ । उद्योगि व्यवसायिको माग र चाहाना अनुरुप कार्यक्रम तर्जुमा गरि उद्याम व्यवसायको प्रबर्दन गर्न एवं बिद्यमान बिभिन्न कर निति बारे जानकारि दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । क्षेत्र नं ३ का सदस्य भोला पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । उद्योग बाणिज्य संघ नवलपरमसीका अध्यक्ष केशव भण्डारी,वडा नं १२का वडा अध्यक्ष यमलाल पाण्डे, आन्तरीक कर राजस्व कार्यलय भैरहवाका कर अधिकृत नन्दबहादुर भण्डारी, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेल,एन्फका कोषाध्यक्ष प्रकाश पंगेनी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यमान बिभिन्न कर निति बारे सोधिएका जिज्ञासाहरुको जवाफ आन्तरीक कर राजस्व कार्यलय भैरहवाका कर अधिकृत नन्दबहादुर भण्डारीले दिनुभएको थियो भने स्थानिय कर सम्बन्धि उठेका जिज्ञासाको जवाफ नगरप्रमुख भिमबहादुर थापाले दिनुभएको थियो । सो अवसरमा उद्योग बाणिज्य क्षेत्र अन्र्तगत क्षेत्र नं ३ र ४का सयौ व्यापारी तथा उद्योगिहरुको उपस्थिति रहेको थियो ।
करदाता शिक्षा कार्यक्रम भुमहिमा सम्पन्न ।
करदाता शिक्षा कार्यक्रम भुमहिमा सम्पन्न ।
Advertisement
तपाईको प्रतिक्रिया