• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ९. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लाखौँ रकम लट्री परेको एसएमएस आएपछी…..


  •   बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान। तपाई फेसबुक, भाइबर, ह्वाट्स एप, इमो जस्ता सामाजिक सञ्जालहरु प्रयोग गर्नुहुन्छ ? कतै तपाईलाई त्यस्ता सामाजिक सञ्जालमा चिठ्ठा परेको म्यासेज, तस्विर र भ्वाइस मेसेज त आएको छैन ! यदी त्यस्ता मेसेज तपाईलाई आएका छन् भने सजग हुनुहोस्, त्यसो म्यासेज, कलहरु तपाईलाई ठगीको शिकार बनाउने उद्देश्यले गरिएका हुनसक्छन् । प्रविधिको युगमा अपराधिक कार्यमा संलग्न हुने, ठगी गर्नेले इन्टरनेटको दुरुपयोग गर्दै ठगीको प्रयास गरेको खुल्दै आएको छ । बुधवार प्युठान सरुमारानी ४ आर्नेटोल कि स्मृती बिश्वकर्मा लाई २५ लाख भारतिय रुपैयाँको चिठ्ठा परेको जानकारी इमोमा आयो । इमोमा म्यासेज सँगै उनलाई दर्जनौं पटक कल आए । इमोमा पठाइएको नक्कली चिठ्ठामा २५ लाख भारतिय रुपैयाँ परेको र एउटा भारतिय मोबाईल नम्वर सेभ गरी कल गर्न भनिएको थियो । स्मृतीले भारतको नाम देखिएको इमोबाट आएको कल रिसिभ गरे । कलमा भनियो, ‘पुरस्कारका लागि आफ्नो नागरिकताको फोटोकपी पठाउनुहोस् हामी आइएमइ गरी तपाईलाई रकम पठाइ दिने छौं ।’ स्मृतीलाई उक्त नम्बरमा फोन गरी बिस्तृतमा बुझेर रकम प्राप्त गर्न सुझाव समेत दिइएको थियो, चिठ्ठाबारे कसैलाई नबताउन कलरले चेतावनी पनि दिएका थिए । उनलाई बैकंमा खाता खोल्न लगाईयो । त्यसपछी आफुले पैसा पठाउनका लागि ठेगाना दिने र त्यस्को आधा घण्टामै २५ लाख भारु पठाईदिने भनियो। स्मृती घरको काम गर्दै थिईन। स्मृती २५ लाखको चिठ्ठा परेको भनेपछि खुशीले गद्गद् भईन । तर, रकम प्राप्त गर्न माग गरिएको २५ हजार उनीसँग थिएन । उनले ॠण काढेर २५ हजार जुटाईन । यतिकैमा कामना डेली अनलाईनको सम्पर्कमा आईपुगिन। पत्रकारले उक्त कल ठगीको भएको जानकारी दिएपछि उनको २५ लाख भारु पाउने आशा मर्यो, ठगिनबाट जोगिए । यस्ता ठगीका घटना धेरै भएका छन् । त्यसैले होला जिल्ला प्रहरी कार्यालय प्युठानमा ठगीको उजुरी परेको छैन, तर ठग्ने प्रयास भने भैरहेको देखिन्छ । भारतमा ‘कौन बनेगा करोडपति’को नाममा ठगी गर्नेहरु नेपालमा को बन्छ करोडपति सुरु भएपछि त्यसै बहानामा ठग्न सुरु गरेको देखिन्छ ।

    Advertisement

    ठगीका लागि इमोमा पठाइएको नक्कली चिट्ठा

    आकस्मिक लाभमा विश्वास नगर्नुस

    जिल्ला प्रहरी कार्यालय प्युठानले मेहनत विनाको आकस्मिक लाभमा विश्वास नगर्न अनुरोध गरेको छ । ‘पार्सल, इमेल, सामाजिक सञ्जालबाट ठगीको प्रयासका घटना सुनेका छौं’, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले भने, ‘तर, प्युठानमा त्यस्तो उजुरी भने परेको छैन ।’ उनी अपराधीहरु ठग्नका लागि जुक्ति निकालिरहने भएकाले नागरिक आफै पनि सचेत हुनुपर्ने बताउँछन् । ‘पसिनाको फलमा विश्वास गर्नुस्, रातारात धनी बन्ने, आकस्मिक रुपमा लाखौं रुपैयाँ कसैले दिन्छ भन्ने सोंच नराख्नुस्’, बुढाथोकीले भने, ‘कसैले कुनै पनि बहानामा आकस्मिक लाभका नाममा रकम माग्छ भने उजुरी गर्नुस्, हामी कारवाही गर्छौ, यसले अरुलाई पनि ठगीबाट बचाउँछ ।’ प्रहरी उपरीक्षक पौडेलले सामाजिक सञ्जालबाट हुने ठगीबाट जोगिन नचिनेका व्यक्तिहरुबाट साथी बन्न आउने अनुरोध अस्विकार गर्न सुझाव दिए । ‘प्रविधिको प्रयोग गरिसकेपछि चनाखो हुनुपर्छ’, उनले भने ।

    एसएमएसबाट एनसेलको सचेतना

    सामाजिक सञ्जालबाट ठगीको प्रयास बाहिर आएपछि फोन तथा इन्टरनेट सेवा प्रदायस संस्था एनसेलले त्यसबारे सजग बनाउन सेवाग्राहीलाई म्यासेज समेत गर्ने गरेको छ । ‘ह्वाटसप, भाइबर र इमो जस्ता एपहरुबाट ठूलो धनराशीको पुरस्कार परेको भन्दै फोन वा म्यासेजबाट ठगी गरेको पाइएकोले यस्ता प्रलोभनमा नपर्न र सचेत रहन सूचित गरिन्छ’, एनसेलले म्यासेजमार्फत सेवाग्राहीलाई सचेत गराएको छ ।

    बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • २.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ३.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ७.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ८.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...