• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

‘आशा अपांग’लाई गुल्मी समाज यूकेद्धारा ४ लाख सहयोग


  •   बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । अपांगताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको एक संस्थालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको आशा अपांग केन्द्रलाई गुल्मी जिल्ला समाज यूकेले ४ लाख रुपैयाँ सहयोग गरेको हो । आशा अपांग केन्द्रको कार्यालयमा बिहिवार एक कार्यक्रमका बिच समाजका बिभिन्न प्रतिनिधीले हस्तातरण गरेका थिए । गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, सल्लाहाकार मोति भण्डारी, कोषाध्यक्ष तारानाथ भण्डारी,कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बावुराम भण्डारीले आशा अपांग केन्द्र गुल्मीमा अध्यक्ष जनार्दन घिमिरेलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको रोहवरमा ४ लाख रुपैयाँको चेक हस्तातरण गरेका हुन् ।
    अपांगताको क्षेत्रमा खर्चिर्ने गरि लण्डनमा रहेका गुल्मेलीहरुबाट बिभिन्न कार्यक्रमहरु गरेर संकलित रकम आशालाई प्रदान गरेका हुन् । सहयोग रकम हस्तातरण कार्यक्रममा बोल्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बिदेसमा रहेर सामाजिक क्षेत्रमा बिभिन्न खाले पिडाहरुमा परेका ब्यक्तिहरुको सहयोगार्थ भएको सहयोगले प्रवासीले नेपालीले धेरै ठुलो मद्दत पु¥याएको बताए । उनले मान्छे कुनै पनि बेला अपांग बन्न सक्ने हुँदा प्रवासमा बसेर पनि जन्मभुमी प्रतिको दायित्वलाई महसुस गरेर गरेको सहयोग अत्यन्तै प्रशंसनिय काम रहेको बताए । समाजले असाय असक्तहरु गरेको सहयोगले समाज अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना वढाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । आर्थिक रकम हस्तातरण गर्दै समाजका गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामीले गुल्मीमा जिल्लामा आशा अपांग केन्द्रले अपांगताको क्षेत्रमा गर्दै आएको योगदानले समाजले लामो समय देखि निरन्तर सहयोग गर्दै आएको बताए ।
    उनले जिल्लामा हुने कुनैपनि दैबिक प्रपोक,असाय अशसक्तहरुलाई सहयोग गर्ने उदेश्यले लण्डनमा रहेका गुल्मेलीहरुले सन २००७ मा संस्था स्थापना गरेर सहयोग गर्दै आएको बताए । लण्डनमा रहेका गुल्मीका नेपालीहरुले जिल्लामा कुनै पनि ब्यक्तिलाई परेको दुखःकष्टलाई सानो सहयोगले मलम लगाउने उदेश्यले सहयोग गर्दै आएको बताए ।
    उनले गुल्मी जिल्लामा हालसम्म आशा अपांग केन्द्र सहित ४ वटा एम्बुलेन्स सहयोग गरि सकेको बताए । समाजले तम्घास, धुर्कोट, फोक्सीङ्ग र खैरेनीमा एक्बुलेन्स सहयोग गरेर सञ्चालनमा छन् ।
    समाजको तर्फबाट जिल्लामा आगोलागी, भुकम्प, वाढि पहिरो, बिभिन्न रोगबाट ग्रसित असाय अससक्तहरुलाई पनि सहयोग गर्दै आएको समाजले जनाएको छ । रकम हस्तातरण कार्यक्रममा आशा अपांग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले गुल्मी जिल्ला यूके समाजले आशा अपांग केन्द्रलाई सन २०११ देखि निरन्तर सहयोग गर्दै आएको प्रति धन्यवाद दिएकी थिइन् ।
    उनले समाजले आशा अपांग केन्द्रलाई निरन्तरको सहयोले जिल्लामा ७ हजार वढि अपांगहरुलाई बिभिन्न उपचार र सहयोग गर्न पाएको बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंचमा केहि परिवर्तन आएपनि अपांग मैत्र वातावरण भने हुन नसकेको बताइन् ।
    गुल्मी जिल्लामा स्थापना भएको आशा अपांग केन्द्रले निजि क्षेत्रको सहयोगमा राज्यले गर्नुपर्ने काम निजि क्षेत्रबाट भएकाले यस्तो सहयोग राज्यबाट हुनुपर्नेमा उपाध्यक्ष रायमाझीले जोड दिइन् ।
    हालसम्म अपांग केन्द्र गुल्मीलाई गुल्मी जिल्ला समाज यूके, र नौमती बाजा समुह यूकेले पटक पटक गरि करिब ४० लाख आर्थिक सहयोग गरेको आशा अपांग केन्द्र गुल्मीका कोषाध्यक्ष ताराप्रसाद भुसालले बताए । सोहि कार्यक्रममा गुल्मी जिल्लामा सरुवा भई आएका गुरुगोरख गुल्मका गुल्मपति रबिन्द्र महर्जन र डिभिजन बन कार्यालय गुल्मीका प्रमुख रबिन्द्र महर्जनलाई स्वागत गरेका थिए ।
    कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बावुराम भण्डारीले व्यक्तिगत तर्फबाट पनि आशा अपांग केन्द्रलाई सहयोग गरेका थिए । भट्टराईले रु २० हजार र भण्डारीले ५ हजार सहयोग गरेका थिए ।
    आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ । आशा अपांग् केन्द्र्रकी उपाध्यक्ष रायमाझी आफै दुबै खुट्टा नभएकी अपांग हुन् । उनले उक्त संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपांगगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जन टेवा पु¥याउने काम गर्दै आएकी छन् ।

    Advertisement

    बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...