काठमाडौं । गाडी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ ।
गत माघ ११ गते पिकनिकबाट फर्किने क्रममा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।
कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किने क्रममा सो दुर्घट्नामा परी भट्टराई घाइते भएका थिए ।भने सो दुर्घटनामा एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । प्रजिअ भट्टराईको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । एसपी र सिडिओ चढेको ना १ झ १६३३ नम्बरको गाडी पथलैयामा दुर्घटनामा परेको थियो। दुर्घटनामा भट्टराई गम्भीर घाइते भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । गत शनिबारबाट उनको परिवारले पत्रकार सम्मेलन गरेर घटना शंकास्पद भएको दाबी गरेको थियो । घटनामा ज्यान गुमाएका सशस्त्रका एसपी पोख्रेलको परिवारले जिल्ला प्रहरी कार्यालय, बारामा स्कोर्पियो चालक जगतनारायण राउत कुर्मीविरुद्ध जोहरी समेत दिएका छन् । हाल उनी प्रहरीकै हिरासतमा छन् ।
सडक दुर्घटनामा घाइते बाराका सिडिओ भट्टराईको निधन
सडक दुर्घटनामा घाइते बाराका सिडिओ भट्टराईको निधन
Advertisement
तपाईको प्रतिक्रिया