प्यार अलि खाँन,प्युठान । जिल्लाको सरुमारानी गाँउपालिकाका मुस्लिम समुदायले बृहत मिलाद शरिफ (जलसा) कार्यक्रम गर्ने भएका छन् । सरुमारानी गाँउपालिका अन्र्तगत रहेको मुस्लिम उत्थान समितिको आयोजना तथा गाँउपालिकाको सहयोगमा धार्मिक प्रवचन जलसा कार्यक्रमको आयोजन गर्न लागिएको समितिका संयोजक इस्माईल मिँयाले बताए । ‘फागुन ११ गते सनिवार जलसा गर्ने तयारीमा जुटेका छौँ ।’ संयोजक मिँयाले भने, ‘जलसा सम्पन्न गर्न विभिन्न उपसमितिहरु बनाईएको छ । कामको जिम्मेवारी वाँडफाँडका साथ तिब्र ढंगले अघि बढ्दै छौँ ।’
जलसा कार्यक्रममा हाजीहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको मिँयाले बताए ।
जलसामा सहभागी हुन छिमेकी जिल्लाका मुस्लिम समुदायहरुलाई समेत आमन्त्रण गरिने प्रचारप्रसार उप–समितिका संयोजक जमिर शाहले बताए । मुुस्लिम धर्म रितिरिवाज संस्कृतिकावारे जलसामा सहभागीहरुलाई मौलाना, मुफ्ती, लगाएत वरिष्ठ मुस्लिम धर्म गुरुहरुले धार्मिक प्रवचन दिने कार्यक्रम रहेको सरुमारानी गाँउपालिकाका कार्यपालिका सदस्य एंव बन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक मोहम्मद हलिमले जानकारी दिए । धार्मिक सहिंष्णुता, सामाजिक सदभाव, आपसी भाइचारालाई बढवा दिन कार्यक्रम फलदायी हुने उनले विश्वास लिए ।
जलसा कार्यक्रमको उद्धघाटन सरुमारानी गाँउपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । फैजुल इस्लाम मदरसाको प्राङ्गगणमा हुने जिल्लास्तरीय जलसामा करिब ५ सय जनाको उपस्थिति रहने आयोजकको भनाई छ । प्युठानमा सरकारी सहयोगमा हुन लागेको यो मुस्लिम समुदायको पहिलो कार्यक्रम हो। दक्षिणी प्युठानको कास्कोट र बाङ्गेसालमा पुस्तौ देखी मुस्लिम समुदायहरुको बसोबास छ।
प्युठानको मुस्लिम बस्तीमा जलसाको तयारी
प्युठानको मुस्लिम बस्तीमा जलसाको तयारी
Advertisement
तपाईको प्रतिक्रिया