• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

लोकप्रिय समाचार

  • १. लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

  • २. लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

  • ३. रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

  • ४. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • ५. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • ६. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ७. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ८. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • ९. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • १०. दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

बनेपामा विद्यार्थीले बनाए ‘विश्वकै नमुना कार’ !


  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । आगामी अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियर सहभागी हुने सेल ईको म्याराथन एसियामा प्रर्दशनमा यो सवारी साधन पनि प्रतिष्पर्धी बन्ने बताइएको छ ।

    Advertisement

    नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । साथै नेपालबाट सेलमा भाग लिएर प्रतिस्पर्धा गर्ने पहिलो नेपाली टोली र उत्कृष्ट सवारी साधन हुने अटोमोबाईल मेकानिकल विषय चौंथो वर्षमा अध्ययनरत जुनकिरी टिमका संयोजक विद्यार्थी सागर थापा बताउँछन् ।

    ‘दशैँ अघिदेखि सुरु गरिएको गाडी तयार गरी मलेसियामा हुने अन्तर्राष्ट्रिय स्तरको सम्मेलनका लागि आवेदन दिएर प्रतिष्पर्धामा आएका छौँ,’ उनले थपे ‘हाम्रो मात्र नभएर मुलुकै शान हो । मलेसियामा हुने प्रतिष्पर्धामा विश्वका गाडी उत्पादकसँग प्रतिष्पर्धा गर्नेछौँ र पहिलो बन्ने अपेक्षा छ । यो विश्वकै उत्कृष्ट मेकानिकलाई समेत चुनौती हो ।’

    यसले मुलकमै सवारी साधनको उत्पादन गर्न समेत सहज हुने दावी उनीहरुको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक नेपालमा तयार भएको गाडी प्रर्दशन गर्ने अवसर प्राप्त भएको भन्दै यो अवसरलाई सदुपयोग गर्ने विद्यार्थीहरुले बताएका छन् ।

    विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर डिपार्डमेन्टका प्रमुख प्राध्यापक डा. डेनियर तुलाधरले बताए ।

    ‘मेलेसियामा हुने प्रतिष्पर्धामा हामी सयौं देशबाट प्रथम हुने प्रयासमा छौँ । यसका लागि विद्यार्थी, विश्वविद्यालय दिनरात लागेको छ । अब सरकार र लगानीकर्ताले साथ र सहयोग गरेमा हाम्रो उत्पादनले अवसर पाउने आशा लिएका छौँ ।’

    जुनकिरीमा आधुनिक प्रविधिको प्रयोग र वातावरण मैत्री रहेको जसले अन्य मुलकबाट आयात गर्दा लाग्ने मुल्य भन्दा निकै कम मुल्य र प्रदुषण समेत कम गर्न सकिने उनले दावी गरे ।

    तुलाधरका अनुसार सन् २०१६ देखि सुरु भएको अभियानमा काठमाडौं विश्वविद्यालय सफल नभए पनि २०१८-२०१९ मा प्रस्ताव पेश गरी २०१८ अप्रिल २९ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सन् २०१७ बाटै निर्माण सुरु गरेको बताइएको छ । ५० सिसी क्षमता रहेको उक्त सवारी ग्यासबाट चल्छ । तौल ५० किलो रहेको मेकानिकल ईन्जिनियर विजेन्द्र श्रेष्ठले बताए ।

    निर्माण भएका अधिकांश सवारी साधनमा कार्वोरेटरको प्रयोग गरिएको हुन्छ । जसले पुरानो भएपछि वातावरणमा कालो धुवा र प्रदुषण गर्छ । तर जुनकिरीमा एफआई किटको प्रयोग र ईन्जीनमा सेन्सर भएकाले कालो धुवाँ आउनासाथ ईन्जीन आफैँ बन्द हुने र स्टार्ट नहुने भएकाले प्रदुषण रोक्नथाम हुने थापाको दावी छ । अन्नपूर्णपोष्टबाट

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • २.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ३.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ४.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ५.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    भर्खरै

    • १.
      मोडल तथा निर्देशक शंकर बिसीको ‘एउता नाता’ सार्वजनिक

    • २.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

    • ३.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • ४.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    • ५.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    • ६.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ७.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • ८.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation