सागर थापा/महेन्द्र सिंह,बाँके। जिल्ला बन कार्यालय बाँके नेपालगन्जमा कार्यरत चार जना सरकारी कर्मचारी घुस सहित पक्राउ परेका छन। अख्तियारले बुधवार साझ साढे ६ बजे नेपालगन्ज स्थित स्नेह होटेल नजिकैबाट दश हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा रेन्जर जगबिर केसी ,फोरेसस्टर द्धय बहादुर केसी, केशब बहादुर ओली र बनरक्षक हरी बहादुर चन्द रहेको अख्तियार कार्यालय नेपालगन्जका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिए । प्राप्त जानकारी अनुसार पक्राउ परेका चारैजनाको स्थलमै मुचुल्का उठाइदै छ।
Advertisement