काठमाडौं– दाङमा १९ वर्षीय युवती अपहरण गर्न खोज्ने ३ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका–२ सुर्केडाँडा बस्ने २४ वर्षीय विकास चौधरी, २१ वर्षीय विकेन्द्र चौधरी र रामपुर बस्ने २२ वर्षीय दीपक नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए।
उनीहरूले घोराही –३ कि १९ वर्षीया किशोरीलाई शुक्रबार ११ बजे फिल्म हेर्न जाने भन्दै जबरजस्ती नियन्त्रणमा लिई रामपुरतर्फ टेम्पोमा लिएर गएका थिए।
युवतीले प्रतिकार गर्ने क्रममा लडेर चोटसमेत लागेको छ। उनी चिच्याएपछि हल्लाखल्ला भई स्थानीयले युवतीको उद्दार गरी अपहरणकारीलाई पक्राउ समेत गरेका थिए।
पक्राउ परेका तीन जनालाई आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Advertisement