दाङ ।
शाक्षि खबर पत्रिकाका प्रमुख सम्वाद्दाता सागर थापाले नैतिकताको आधारमा आफ्नो पदबाट राजिनामा दिएका छन् ।
ईसाई आवाज मासिक बाट पत्रकारीता सुरु गरेका थापा , थर्कौट राष्ट्रिय साप्ताहिक हुँदै छापा मिडिया शाक्षि खबर पत्रिकामा प्रमुख सम्वाद्दाताकोरुपमा कार्यरत थिए ।
थापाले शाक्षि खबरका सम्पादक लाई पत्र लेख्दै थापाले अमिलिया प्रकरणमा छानबिन समितिले आचारसंहिता बिपरीत कार्यगरेको पुष्टिभएको प्रतिवेदन सार्वजनिक भएपछि थापाले राजिनामा दिएका हुन् ।
“ नेपालमा नैतिकताको खडेरी परेका बेला मेरो यो नैतिकताको आधारमा दिएको राजिनामा अरुका लागि पनि प्रेरणाको श्रोत होस् ” थापाले भन्नुभयो ।
राजिनामा पत्रमा छानबिन समितिको प्रतिवेदन सुनियोजीत दावि गर्दै बिज्ञ व्यक्ति संलग्न भएको छानबिन समिति बनाउनुपर्ने थापाले माग गर्नुभएको छ ।
“थापाले उच्चस्तरीय छानबिन का लागि पत्रकार महासंघकै सर्वोच्च निकाय केन्द्रिय समिति , न्यायालय र अन्य निकायहरुमा जाने निस्कर्ष सहित छानबिन प्रकृयामा कुनैपनि बाधाब्यबधान नआओस भन्दै यो राजिनामा दिएको छु ” थापा द्धारा हस्ताक्षरीत राजिनामा पत्रमा उल्ल्ेख गरीएको छ ।
उच्च नैतिकता प्रस्तुत गर्दै थापाले दिए राजिनामा
उच्च नैतिकता प्रस्तुत गर्दै थापाले दिए राजिनामा

Advertisement
तपाईको प्रतिक्रिया