• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ३. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ४. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

  • ५. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • ६. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ७. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ८. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ९. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • १०. रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

बिलासी जनप्रतिनिधी:गाडी मै सकियो करोडौं,जनताको करवाट कार!


  •   शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान
    स्थानीय तह गठन हुँदा नागरिकले बिकास निर्माण र सम्बृद्धिको आश गरेका थिए। सबै खाले सेवासुबिधा पुर्याउने कसम खाएर जनमत जीते स्थानीयतहका जनप्रतिनिधीले।जनताका दुख कस्ट उस्तै छन।तर जनप्रतिनिधीको सुविधा झन झन बढ्दो छ। । जनप्रतिनिधीहरुले बिकास बजेट बाटै धमाधम महङ्गा र बिलासी गाडि खरिद गरिरहेका छन।उनिहरुले डेढ बर्षको अवधिमा भाडा र नया गाडी खरिद गरि झन्डै ४ करोड रुपैयाँ सवारीसाधनमै रित्ताएको तथ्याङक छ । ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यले विकास खर्च कटौती गरेर महँगा गाडी र मोटरसाइकल खरिद गरेको पाइएको छ।झिमरुक गाउपालिका बाहेक प्राय सबैले प्रमुख–उपप्रमुखका लागि सुविधासम्पन्न स्कोर्पियो किनेका छन् भने वडाध्यक्षका लागि हेभी मोटरसाइकल खरिद गरेका छन्। जिल्लाका ६४ वडाका अध्यक्ष वडा कार्यालयको बजेटबाट किनिएको हेभी मोटरसाईकल चढ्छन।प्युठान नगरपालिकाकासँग भने जनप्रतिनिधि आउनुअगाडि नै करिब ४० लाख रुपैयाँमा किनिएको स्कारपिओ गाडी छ। मेयर अर्जुन कुमार कक्षपती यही गाडी प्रयोग गर्छन्।
    मल्लरानी गाउपालिकाले ५४ लाखमा स्कारपियो गाडी किनेको छ । ‘जेठ महिनामा किनेका हौं’ प्रशासकिय अधिकृत शोभाराम रिजालले भने,’आवाश्यक परेका बेला गाडी भाडामा लिईन्थ्यो।’ गाडि भाडामा लिदां २ लाख ५० हजार जती खर्च निस्किएको उनले सुनाए। भर्खरै मात्र सरुमारानी गाउपालीका अध्यक्षका लागि झण्डै ४० लाख रुपैयाँमा टाटा गाडी सहित १ वटा मोटरसाइकल पनि खरिद गरिएको छ । उस्ले गाडी किन्न ४५ लाख रकम छुट्टाएको थियो।यसअघि किनिएका ६ वटा मोटरसाइकल र २ स्कुटर चालु अवस्थामै छन्। यहाँ प्रती महिना ७० हजार बढि रकम तिरेर झण्डै दश महिना गाडी भाडामा चलाउँदा ७ लाख बढि खर्च देखिएको छ। गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले ४० लाखको स्कोर्पिओ गाडी खरिद गरेको बताए। गाउँपालिकाले सात वटै वडामा पल्सर बाईक खरिद गरेको छ ।३ महिना गाडी भाडामा लिदां एक लाख सकिएको बताईयो।त्यस्तै माण्डवी गाउँपालिकाले ३७ लाख ५० हजार रुपैयाँमा स्कार्पियो र वडाध्यक्षहरूका लागी पल्सर मोटरसाइकल किनेको सुचना अधिकारी ज्योतीप्रकाश पौडेलले बताए।यसभन्दा अघि मासिक एक लाख तिरेर गाडि भाडामा चलाएको उनले सुनाए। नौबहिनी गाउँपालिकाले ३७ लाख ५० हजार रुपैयाँमा महेन्द्रा स्कोर्पिओ किनेको छ। नौ बहिनीका आठ वटै वडामा हेभी बाईक खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत ठानेश्वर भण्डारीले बताए।उता भाडामा गाडी चलाईरहेको ऐरावती गाउपालिकाले अध्यक्ष उपाध्यक्षका लागि बाइक किनेको छ।यसै महिनाभित्र नया गाडी खरिदगर्न लागिएको उपाध्यक्ष बुद्ध बस्नेतले बताए।योजना अनुगमन तथा निरीक्षणमा समस्या भएकाले सवारी खरिद गर्न लागिएको उनले सुनाए।स्वर्गद्धारी नगरपालिकाले यो आर्थिक बर्षमा ४० लाख रुपैयाँमा महेन्द्रा स्कारपिओ किनेको छ। पहिले सचिबले प्रयोग गरेको मोटरसाईकल वडा अध्यक्षले प्रयोग गरिरहेका छन।पहिले मासिक ९० हजार रुपैया भाडामा गाडी चलाएको नगरले बाईक मर्मत र इन्धनका लागि ६ लाख बिनियोजन गरेको बताएको छ। झिमरुक गाउपालिकाले भने महिनामा ९८ हजार रुपैया तिरेर भाडाको गाडी प्रयोग गरिरहेको छ।गाउपालिका अध्यक्ष तिलक जिसिका अनुसार झिमरुकका आठ वटै वडामा २ लाख ४० हजार मुल्यका मोटरसाईकल किनिएका छन। जनप्रतिनिधिको सेवा–सुविधाका लागि किनिएका सवारीसाधनको इन्धन र मर्मत खर्च कार्यालयबाटै व्यहोर्ने गरिएको छ। जिल्लामा विकास बजेट र नागरिकले तिरेको करको व्यापक दुरुपयोग भएको नागरिक समाजका अगुवाहरु बताउछन।चुनावका बेला गरिएको खर्च असुल्न र त्यसको फाइदा लिन मात्रै जनप्रतिनिधि केन्द्रित भएको उनिहरुले आरोप लगाए।

    Advertisement

    जनप्रतिनिधी गर्छन दुरुपयोग

    स्थानिय सरकारका प्रमुखहरु चढ्ने गाडी कार्यालय आउजाउमा मात्रै नभई पार्टी बैठक घरायसी प्रयोजन र अन्य कार्यक्रमका लागि पनि प्रयोग हुने गरेको पाईएको छ।
    जिल्ला प्रशासन कार्यालय प्युठानले सरकारी सवारी साधनको दुरुपयोग नगर्न आग्रह गर्दे सुचना जारी गरेको छ ।
    जिल्ला प्रशासनले सुचना जारी गर्दै जिल्ला स्थित स्थानीय तह र सरकारी कार्यालयहरुले जिल्ला भित्र सार्वजनिक बिदाको दिन र जिल्ला बाहिर सरकारी सवारी साधन चलाउँदा अनिवार्य रुपमा कार्यालयवाट अनुमति लिएर मात्र सवारी प्रयोग गर्न अनुरोध गरेको छ । सरकारी काममा मात्रै गाडी प्रयोग गर्न पाउने नियमको उल्लङ्घन गरिएको पाईएपछि उनिलाई प्रशासनले पत्राचार गरेको छ।
    स्थानीय तह र सरकारी कार्यालयको स्वामित्वमा रहेका सवारिसाधनको नम्वर प्लेटलाई रातोमा परिणत गरि चलाईएको,सवारी चालक अनुमतिपत्र (लाईसेन्स) बिनै सवारी गुडाईएको जनगुनासो आएपछी सुचना जारी गरि त्यस्लाई नियन्त्रण गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।’ सवारी साधनको दुरुपयोग भएको गुनासा सुनिए’ उनले भने-‘कार्यालयको गंभिर ध्यानाकर्षण भएको छ।’ निर्देशन बेवास्ता गरि सरकारी गाडी दुरुपयोग गरिएको पाईए सवारीसाधन नियन्त्रण समेत गर्न सकिने प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ।

    शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक
    रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी
    भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते
    दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन
    सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु
    एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ३.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ४.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा

    • ५.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा

    • ६.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    भर्खरै

    • १.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

    • २.
      रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

    • ३.
      अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

    • ४.
      धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    • ५.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

    • ६.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

    • ७.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    • ८.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation