• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

दुई सन्तानको अभियानमा चेपाङ


  •   बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
  • रत्ननगर । कालिका–११ गामिहुङकी २० वर्षीया अनिता चेपाङ डेढ वर्षकी छोरी बोकेर रन्तेसस्थित आधारभूत विद्यालय परिसरमा देखापर्नुभयो । उहाँको अर्को चार वर्षीय छोरो पनि छ । भरतपुरस्थित स्पन्दन नेपालले उक्त विद्यालय परिसरमा आयोजना गरेको ‘न्यानो कार्यक्रम तथा पाठेघरको मुखको क्यान्सर तथा नेत्र परीक्षण’मा सन्तान जन्माउने विषयमा जानकारी लिन अनिता त्यहाँ आइपुग्नुभएको हो ।
    “धेरै बच्चा जन्माएर के गर्नु, कमाई राम्रो छैन, घर खर्च चलाउनै मुस्किल छ”, उहाँले भन्नुभयो, “दुई सन्तान, ईश्वरका बरदान हुन्, त्यसैले शिविरमा केही परामर्श पाइन्छ कि भनेर आएकी हुँ ।”
    सिद्धि क्षेत्र निवासी गणेश लामाको चार वर्षीया छोरी छिन् । “धेरै सन्तान जन्माउने बस्ती भनेर पहिला चिनिन्थ्योे”, उहाँले भन्नुभयो, “अब सानो परिवार भएको बस्ती भनेर चिनाउनै पर्छ, हामीजस्ता युवाले यो सन्देश दिन लागेका छौँ ।”
    साविकको सिद्धि क्षेत्रमा एकै परिवारमा १८ जनासम्म बालबच्चा एउटै दम्पती भएका उदाहरणसमेत छ । “नयाँ पुस्ता सानो परिवार बनाउने अभियानमा छन्”, आधारभूत विद्यालय कल्याणचौरका प्रधानाध्यापक दिनेश प्रजाले भन्नुभयो, “ पहिला चेतना नभएकाले रोग लागेर मर्ने डरले धेरै सन्तान जन्माउने प्रचलन थियो तर यो अवस्थामा सुधार आएकोे छ ।” उहाँका अनुसार सिद्धि क्षेत्रमा मात्रै करीब २५० जनाले कक्षा १० सम्मको पढाइ पूरा गरिसकेका छन् । “शिक्षित जनशक्ति तयार भएपछि अहिले थोरै सन्तान बनाउने परिवार बन्न थालको र मृत्युदर तथा जन्मदरमा पनि कमी आएको प्रधानाध्यापक प्रजाले बताउनुभयो ।
    रेन्तेस गाउँका अगुवा मानबहादुर प्रजा परिवार नियोजन गर्न नमान्ने समुदाय सचेत बन्दै जान थालेको बताउनुभयो । “थोरै सन्तान चाहने दम्पती धेरै छन्, वडातहमै परिवार नियोजनबारे सेवा दिन सके अझै कमी आउने थियो”, उहाँले भन्नुभयो, “बन्ध्याकरण गर्न भरतपुर जाँदा निकै सास्ती खेप्नुपर्छ, बेलाबखत गाउँमा हुने शिविरले त्यहाँसम्म जान सहज भएको छ ।”
    कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले वडातहमा स्वास्थ्यचौकी नहँुदा स्थानीयवासीवासीले निकै सास्ती खेप्नुपरेको बताउनुभयो । चेतनास्तरमा सुधार भएपनि स्वास्थ्य सेवा लिन सास्ती खेप्नुपर्ने भएकाले स्वास्थ्यचौकी र एम्बुलेन्स सञ्चालन गर्ने लक्ष्य आफूले लिएको उहाँले जानकारी दिनुभयो ।
    नेपाल परिवार नियोजन सङ्घका सदस्य निर्मल पौडेलले शिविरमा १६ महिलाले स्थायी बन्ध्याकरण तयार बताउनुभयो । “थोरै सन्तान सबैको चाहना बनेको छ”, उहाँले भन्नुभयो, “घरसल्लाह गरेर बन्ध्याकरण गर्ने प्रतिबद्धता गरेका छन्, आवश्यक परे निःशुल्क सेवा दिन पनि तयार छौँ ।”
    सो अवसरमा ४० जनालेपाठेघरको मुखको क्यान्सरको परीक्षण गराएका थिए । “जोखिम अवस्था भेटिएन, सामान्य संक्रमण हुने धेरै आए”, विपी मेमोरिल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम तथा नियन्त्रण विभागका वरिष्ठ नर्स अयोध्या पाठकले भन्नुभयो, “बेलाबखत स्वास्थ्य जाँच गर्न नपाएको गुनासो गर्ने धेरै थिए, शिविरलाई अभियानका रुपमा चलाउन सके सम्भावित जोखिम कम गर्न सकिनेछ ।” सो अवसरमा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा करीब १५० जनाको आँखा परीक्षणसमेत गरिएको थियो ।

    Advertisement

    बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै
    राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation