• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नेकपा बैठक : अध्यक्ष प्रचण्डको छुट्टै प्रस्ताव


  •   बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
  • काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता, राजनीतिक दस्तावेज र सरकार सञ्चालनसम्बन्धी नयाँ प्रस्ताव राखेका छन्। तल्लो तहसम्म एकता पूरा गर्न छुट्टै कार्यदल बनाउने प्रस्ताव राखेका छन्। त्यस्तै, नेताहरुको सुझावलाई राजनीतिक प्रतिवेदनमा समेट्न तथा पार्टीको निर्देशनमा सरकार चलाउनेगरी संयन्त्र निर्माण गर्ने प्रस्ताव दाहालको छ।

    Advertisement

    २९ मंसिरदेखि जारी स्थायी समितिमा ४७ नेताले धारणा राखेपछि दाहालले बुधबार प्रश्नहरुको जवाफ दिए। उनले यी विषयमा ‘समाधानका सूत्र’ भन्दै नयाँ प्रस्ताव राखेका हुन्। यो नेकपाको औपचारिक निर्णय भने होइन। उनको प्रस्ताव र नेताहरुको प्रश्नमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बिहीबार जफाव दिनेछन्।

    ‘अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र संगठनात्मक एकताको विषयमा आवश्यक गृहकार्य गरेर यही बैठकबाट निर्णय लिन गृहकार्यको विधि के हुन्छ भन्नेमा आफनो प्रस्ताव राख्नुभएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले बिहीबार (आज) आफनो धारणा राखिसकेपछि पार्टी एउटा निर्णयमा पुग्छ।’

    ३० वर्षमा पहिलो पटक एक्लै पार्टीको निर्णय लिन पाइनँ। नौलो अनुभूति भइरहेको छ।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा
    दाहालले बुधबार झण्डै १ घण्टा ५५ मिनेट लामो भाषण गरे। उनले पार्टी बैठक ढिलाइ भएकोमा नैतिक रुपमा दुवै अध्यक्षले जिम्मेवारी लिने बताए। बैठकमा नेताहरुले देखाएको असन्तुष्टि र टिप्पणी स्वभाविक भएको उनको भनाइ छ। ‘बैठकमा साथीहरुले तिक्ततापूर्ण, अलिक व्यंग्यात्मक ढंंगले आफ्ना कुरा राख्नुभयो। त्यस्तो लाग्नु स्वभाविक हो,’ उनले भने, ‘लामो समयसम्म बैठक नबस्दाको परिणाम हो यो।’

    यो स्थायी समिति बैठक आफ्ना लागि नयाँ अनुभूतिको भएको दाहालको भनाइ छ। ‘३० वर्षसम्म पार्टी नेतृत्व सञ्चालन गर्दै आएको मान्छे म। एक्लै पार्टीको डिसिजन गदै आएको मान्छे,’ दाहालले भने, ‘अहिले यहाँ म अलिक नयाँ भएँ, एक्लै डिसिजन नगरेको यो पहिलो पटक हो। त्यसैले मलाई नौलो अनुभूति भइरहेको छ।’

    उनी ४० को दशकदेखि नै पार्टीको नेतृत्वमा रहँदै आएका थिए। नेकपामा अहिले दुई अध्यक्ष भएकाले एक्लै निर्णय गर्न सक्ने अवस्थामा उनी छैनन्। युद्धकालको स्मरण गर्दै उनले पार्टीले नै सरकार चलाउनुपर्ने पनि बताए। ‘हिजो हामी जनयुद्धका क्रममा रहादा बन्दुककले पार्टी चलाउने वा पार्टीले ब्न्दुक चलाउने भन्ने ब्हस गथ्र्यौँ। कतिपय ठाउँमा पार्टी निर्णयबिना पनि बन्दुक चलाइएकोले त्यस्तो बहस उठ्नु स्वभाविक थियो,’ दाहालले भने, ‘तर पछि हामीले पार्टीले बन्दुक चलाउनु पर्छ भनेर स्थापित गर्‍यौं। अहिले पनि त्यस्तै हो। अहिले सरकार भनेको बन्दुक हो, पार्टीले नै त्यो बन्दुक चलाउनु पर्छ।’

    पार्टीको तल्लो तहसम्मै एकता प्रक्रिया नटुंगिएकोले सरकार सञ्चालनमा केही अन्योल देखिएको पनि दाहालले बताए। ‘पार्टी अध्यक्ष, सचिवालयकै सदस्यदेखि स्थायी समितिसम्मका नेता सरकारमा भएकोले पार्टी सरकारले चलाएको जस्तो देखिएको होला,’ दाहालले भने, ‘सरकार चलाउने पार्टीले नै हो। अब त्यो वातावरण बन्छ। सरकारका नियुक्तिहरुमा परामर्श नगर्दा असमझदारी बढ्न सक्छ। त्यसैले छलफल गरि निर्णय लिनुपर्छ।’

    नेकपा स्थायी समितिका ११ नेता अहिले सरकारमा छन्। एक जना प्रधानमन्त्रीका प्रमुख सल्लाहकार छन्। अध्यक्ष दाहालले पार्टी एकतालाई बलियो बनाउने र सरकारलाई सफल बनाउने आधार प्रदान गरेको प्रवक्ता श्रेष्ठले बताए। ‘अध्यक्षले द्वन्द्वात्मक सम्बन्धका आधारमा पार्टी र सरकार चलाउन र सामूहिक नेतृत्वमा अगाडि बढने कुरामा जोड दिनुभयो,’ श्रेष्ठले भने। अन्नपूर्णपोष्टबाट

    बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation