टेकबहादुर पुन
दाङ्ग, मँसीर १० । सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा “ज्यान बचाउन गाह्रो छ मलेशियामा” लोक गित रिलिज भएको छ ।
लाखौं श्रमजीवी नेपाली दाजुभाई बाध्यताले मलेसियामा श्रम बेच्नु पर्ने यो अवस्थामा यहाँ कार्यरत हजारौं श्रमिकले भोग्नु परेको सास्ती र चरम श्रम शोषणको उपज, एउटै अावाज “ज्यान बचाउन गाह्राे छ मलेसियामा” कारुणिक गीति संग्रह बजारमा ल्याउनु भएको हो ।
रोजगारीका लागि सबैको ध्यान केन्द्रित रहेको मलेसिया यतिबेला सबैले छिछि गरिरहेका छन् । लाखौंको संख्यामा मलेसियामा कार्यरत रहेका नेपाली दाजुभाइ वर्षेनी सयौंको संख्यामा अकालमा ज्यान गुमाउनु परेको छ, भने कति कुटपिटमा परेकाछन् । कतिको मोबाइल गायब भएकाछन्, कसैको ज्यान समेत गएको छ । धेरैको यहीँ कथन छ ज्यान जोगाउन गाह्रो छ मलेसियामा ।
प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा सर्जक चुर्ण पुन मगरले सम्पूर्ण परदेशीका पिडालाई शब्दमा समेट्ने कोसिस गरेका छन्, भने गायक सुखल भट्टराई र सिर्जना हुमागाँइको आवाजमा सजिएको यस गीतमा लय सावित्रा रिमालले भरेका छन् । सहयोगी हरूमा गोमा मगर/हिरु अाले मगर/बबिता मोक्तान रहेकाछन् भने रमा थपलिया र बुद्धिवीर थापाको अभिनय रहेको छ । निर्देशनमा बबिता श्रेष्ठ छिन्, भने छायाङकनमा मुकेश हुमागाँइ रहेका छन ।