नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फैलिएकाे पुष्टि, नयाँ धेरै संक्रामक

काठमाडौँ – नेपालमा हाल नोबेल कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि भएको छ । तीन मध्य भारतबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा ९७ प्रतिशत सङ्क्रमितमा फैलिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागबाट गत हप्ता सङ्कलित कोरोना सङ्क्रमितका ३५ वटा नमूना परीक्षण गर्दा नयाँ भेरियन्टको पुष्टि भएको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मान्यता प्राप्त भारतको प्रयोगशालमा गरेको जिन सिक्विन्सिङबाट नेपालमा कोरोना भाइरसका ३ वटा नयाँ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको पाइएको भन्दै सावधानी अपनाउन पनि मन्त्रालयले भनेको छ ।

 

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...