• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ३. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ४. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ५. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ६. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ७. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ८. स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

  • ९. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

  • १०. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

‘राष्ट्रपतिज्यू, हत्यारालाई उन्मुक्ति दिन मिल्छ र ?’


  •   सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
  • बुटवल । ‘मेरा पतिका हत्यारालाई के आधारमा जेलबाट छोडियो ? आफ्नो पार्टी फुट्यो, कार्यकर्ता कम भए भनेर राष्ट्रपति, प्रधानमन्त्रीले हत्यारा प्रमाणित भइसकेका व्यक्तिहरूलाई जेलबाट निकाल्ने ? यो देशमा न्याय, कानुन केही छैन ? के अब म पनि मेरा पतिका हत्यारालाई मारेर जेल जाऊँ ? अनि म आबद्ध पार्टीको सरकार बन्यो भने आममाफी लिएर फर्किऊँ ? छातीमा हात राखेर सोच्नुस् त तपाईंहरूलाई स्वीकार्य हुन्छ ? मान्छे मारेपछि सजाय भोग्नुपर्दैन ? दुईदुईजनाको हत्या गर्नेलाई उन्मुक्ति दिन मिल्छ राष्ट्रप्रमुखले ?’

    Advertisement

    यी प्रश्न २०६८ सालमा जेलभित्रै चितवनका शिवप्रसाद पौडेलको हत्या गरेका मानिसलाई प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट आममाफी दिइएपछि पौडेलकी पत्नी बिनु रायमाझी पौडेलले गरेकी हुन्। उनी चार दिनदेखि यिनै प्रश्नको उत्तर खोज्दैछिन्। ‘मान्छे मारेर जेल परेका व्यक्तिलाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपतिज्यू’, बिनुको प्रश्न छ। पौडेलको हत्यारा प्रमाणित भई जेल सजाय भोगिरहेका फणीन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तानलाई प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते आममाफी दिइएपछि बिनुले न्यायका लागि फेरि लड्ने बताएकी छन्।

    २७ वर्षको उमेरमा बिनुले पति गुमाएकी थिइन्। चितवनको केराबारीमा भएको एक व्यक्ति हत्या मुद्दामा उनका पति २०६८ भदौमा जेल परेका थिए। जुन हत्यामा उनलाई फसाइएको दाबी परिवारका सदस्यले अहिले पनि गर्छन्। थुनछेक बहसका लागि कारागार चलान गरिएका शिवलाई मंसिर २० गते राति सुतिरहेका बेला चक्कु, खन्ती, चापाकलको झाप र रडले कुटपिट गरियो। गम्भीर अवस्थाका पौडेललाई चितवनकै सरकारी अस्पताल लगियो। चिकित्सकले त्यहाँ उपचार नहुने भनेपछि पुरानो मेडिकल कलेज लगियो। केही दिनपछि पौडेललाई काठमाडौं लगियो। पुस २ गते उनलाई मृत घोषणा गरियो। तर जेलभित्र भएको उक्त घटनाबारे अहिले पनि जेल र अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी खुलेर बोल्दैनन्।

    त्यतिबेला पौडेल नेपाली कांग्रेसको भातृ संगठन तरुण दल चितवनका अध्यक्ष थिए। बाबुराम भट्टराई प्रधानमन्त्री थिए। चितवनमा कांग्रेसको राम्रो पकड थियो। तत्कालीन समयमा पौडेल कांग्रेसका लोकप्रिय र जुझारु युवा नेता थिए। उनको हत्याले चितवनमा निम्तिन सक्ने सम्भावित राजनीतिक हिंसालाई ध्यानमा राखेर योजनाबद्ध रूपमा चितवनबाट काठमाडौं लगेर केही दिन राखी मृत घोषणा गरिएको दाबी परिवार तथा आफन्तको छ। स्रोतका अनुसार चितवनमै मृत्यु भइसकेका पौडेललाई काठमाडौं लगेर मृत घोषणा गरिएको हो। तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

    २०६६ साल जेठमा शिवका भाइ गोविन्दको भरतपुरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। सोही मुद्दामा चितवनका फणीन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तान जेल परेका थिए। उनीहरूले नै शिवको पनि जेलभित्रै हत्या गरेका थिए। बिनुले देवरको हत्या मुद्दामा तत्कालीन एमालेका तीनजना कार्यकर्ता पक्राउ परेपछि त्यसकै बदला लिन आफ्ना पति शिवलाई पनि हत्या मुद्दामा फसाएर जेल हालिएको र त्यहीं हत्या गरिएको दाबी गर्दै आएकी छन्।

    पौडेल दाजुभाइको हत्यामा संंलग्न श्रेष्ठ, केसी र मोक्तानलाई प्रजातन्त्र दिवसका दिन राष्ट्रपतिबाट आममाफी दिइएपछि असन्तुष्टि चुलिएको छ। आममाफी दिइएका तीनैजना नेकपा ओली समूहका हुन्। स्रोतका अनुसार यी तीनजना तत्कालीन समयमा एमालेका नेताहरूको ठेक्कापट्टामा बिचौलियाको पनि काम गर्थे।

    शिवको हत्या हुँदा बिनुको काखमा ५ वर्षका छोरा थिए। तिनै छोरालाई काखमा च्यापेर उनी पतिका हत्यारालाई कारबाहीका लागि कानुनी प्रक्रियामा लागिन्। हत्यारालाई जेल सजाय भएपछि उनी पति शिवले धानेको व्यापार, छोरासहित परिवारका सबैलाइ एकीकृत गर्दै पीडा भुल्ने प्रयासमा लागिन्। आफूलाई व्यस्त राखेर पीडा भुल्न उनले अध्ययन पनि सुरु गरिन्। अहिले उनी स्नातकोत्तर गर्दैछन्। बिनुको खाटा बसेको घाउमा यसपालिको प्रजातन्त्र दिवसका अवसरमा सरकारले फेरि नुनचुक लगाइदियो। ‘न्यायका लागि लड्नुपर्छ भनेर हिम्मत जुटाएँ। न्याय पनि मिल्यो तर सरकारले हत्यारालाई पुरस्कृत ग¥यो। यसले ठूलो पीडा भएको छ। मुटु फुटेर रगत बगिरहेको जस्तो भइरहेको छ’, नागरिकसँग उनले भनिन्।

    उनले फेरि प्रश्न गरिन्, ‘जेलभित्र निर्मम तरिकाले मान्छे मार्ने व्यक्ति कसरी ज्ञानी हुन्छ। के नेपालमा प्रजातन्त्र र लोकतन्त्र हत्यारालाई चोख्याउन ल्याइएको हो ?’ अपराधीलाई पहँुच र पैसाको आडमा सरकारले जेलबाट मुक्त गरेको भन्दै उनले न्यायका लागि फेरि लड्ने बताइन्। ‘जीवन रहुन्जेल, अपराधीलाई कारबाही नहुन्जे म कानुनी लडाइँ लडिरहन्छु। जहाँ जान पर्छ जान्छु, जे गर्नु पर्छ गर्छु’, उनले भनिन्।

    बिनुको गुनासो सबैभन्दा धेरै राष्ट्रपति विद्यादेवी भण्डारीसँग छ। सत्ता र शक्तिको आडमा राष्ट्रपतिले हत्यारालाई उन्मुक्ति दिएको उनको बुझाइ छ। देशको अभिभावक भएको नाताले राष्ट्रपतिले कसैलाई काखा, कसैलाई पाखा गर्न नहुने उनले बताइन्। ‘विद्यादेवी भण्डारी कुनै पार्टीको व्यक्ति हुन सक्नु हुन्छ तर राष्ट्रपति भइसकेपछि उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै मुख हेरेर हुन्छ ? उहाँ राष्ट्र, जनता र कानुनअनुसार चल्नु पर्दैन ?’ बिनुले भनिन्।

    राष्ट्रपतिले पदका लागि पतिका हत्यारा नखोजी बसेको भन्दै बिनुले आफूले भने पतिका हत्यारालाई माफी दिन नसक्ने बताइन्। ‘कालो गाडी चढेर रातो कार्पेटमा हिँड्न पाएपछि राष्ट्रपति भण्डारीले आफ्ना श्रीमानको हत्यारा भुल्न सक्नुहुन्छ होला तर मैले सक्दिनँ, मलाई न्याय चाहिन्छ’, बिनुले भनिन्।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसका दिन पाँच सयभन्दा बढी कैदीलाई आममाफी दिएकी थिइन्। मन्त्रिपरिषद्को सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाह र १७९ जनाको भुक्तान हुन बाँकी कैद छुट गरिएको थियो। रेखा भुसालले नागरिक दैनिकमा समाचार लेखेकी छिन् ।

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ३.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ४.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ५.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    • ६.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    भर्खरै

    • १.
      खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

    • २.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ३.
      लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    • ४.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

    • ५.
      भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

    • ६.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • ७.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ८.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation