मोबाइल चार्जमा राखेर भिडियो हेर्दा एकजनाको मृत्यु

झईन्द्र भण्डारी, प्यूठान । रोल्पाको सुनिल स्मृति गाउँपालिका –१ स्थित घोडागाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बिहिबार आफ्नै घरको मोबाईलमा चार्जर जोडेर भिडियो हेर्ने क्रममा करेन्ट लागेर ४० वर्षिय भरत नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। करेन्ट लागेर घाईते नेपालीको प्यूठानको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्रीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानका प्रमुख बुद्धि रानाले जानकारी दिएका छन ।

Sharing Now!

You might also like

Comments are closed.