नौं वर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ

उदयपुर / उदयपुरमा एक नौं वर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतामाई गाँउपालिका–३ रसुवा सालघारीका बालिकालाई सोही गाउँपालिका वडा नं. ६ का २८ वर्षिय डम्बर राईले यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

राईले गत कात्र्तिक ३ गते राति ११ः५५ बजेको सयममा यौन दुव्र्यवहार गरेको पीडितले दिएको उजरीको आधारमा मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । पीडकलाई पक्राउ गरी अनुसन्धान थालिएको एसपी राईले जानकारी दिए । पुर्बेली बाट

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...