गुल्मी । रेसुङ्गा नगरपालिका–२, धागिथुमस्थित जनज्योति आमा समूहले यस वर्ष तीज पर्व नमनाई रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । आमा समूहले तीजका अवसरमा हुने भोजभतेर तथा अन्य कार्यक्रम नगरी त्यसका लागि छुट्याइएको रकमबाट रु. ६८ हजार ४५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनज्योति आमा समूहका सचिव कमला थापाले बताइन् ।
विपद्का कारण घरबार, सम्पत्ति तथा आफन्त गुमाएर पीडामा रहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले समूहले तीज पर्वलाई सामाजिक सेवासँग जोडेको जनाएको छ । चाडपर्वमा हुने खर्चलाई विपद्मा परेका नागरिकको राहतका लागि प्रयोग गर्ने निर्णय गर्दै आमा समूहले रकम सहयोग गरेको हो अध्यक्ष चमेली केसी कुँवरले बताइन् ।
समूहको यो कार्यले चाडपर्व केवल रमाइलो र उत्सवका लागि मात्र नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अवसर पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ । तीज पर्व नमनाए पनि विपद्मा परेका नागरिकको दुःखमा साथ दिँदै जनज्योति आमा समूहले मानवताको पर्व मनाएको भन्दै स्थानीयस्तरमा यसको प्रशंसा भएको छ ।
जिल्लामा अन्य आमा समुहले पनि तिज पर्व नमनाइ सहयोग गरेका छन् ।
तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
Advertisement
तपाईको प्रतिक्रिया