नुवाकोट — रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले पाँच दिन लगाएर एक्रो ब्रिज जडान गरेको छ। सेनाको टोलीले निरन्तर खटिएर बुधबार पुल जडानको काम पूरा गरेको हो।
पुल जडान भएसँगै बिहीबारदेखि पैदलयात्रुका लागि आवतजावत खुला गरिने भएको छ। सवारीसाधन भने शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
भोटेकोशीको बाढीले देवीघाटस्थित पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो। पुल नहुँदा स्थानीयवासी, व्यापारी तथा यात्रुले आवतजावतमा कठिनाइ बेहोर्दै आएका थिए।
सेनाले छोटो समयमै वैकल्पिक पुल निर्माण सम्पन्न गरेपछि देवीघाट क्षेत्रको यातायात सम्पर्क सहज हुने भएको छ।
Advertisement