काठमाडौं ।रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस)ले प्राविधिक तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र यूएनओपीएसकी एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सारा नेट्जरबीच बिहीबार भएको भेटवार्तामा बाढीपछिको पुनर्निर्माण र पूर्वाधार विकासबारे छलफल भएको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिँदै मन्त्री लम्सालले पुनःस्थापना र पुनर्निर्माणका कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो।
यूएनओपीएसकी क्षेत्रीय निर्देशक नेट्जरले नेपालको दीर्घकालीन र एकीकृत विकासका लागि संस्थागत, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।
उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक खानेपानी, भवन, पुललगायतका पूर्वाधार निर्माण तथा पुनःस्थापनामा सहयोग गर्न यूएनओपीएस तयार रहेको बताउनुभयो।
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
Advertisement
तपाईको प्रतिक्रिया