काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि पार्टीका तर्फबाट उक्त रकम सहयोग गरिएको कांग्रेसले जनाएको छ ।
चेक हस्तान्तरण गर्न महामन्त्री पौडेलसँगै कोषाध्यक्ष उमेश श्रेष्ठलगायत कांग्रेसका नेताहरू अर्थ मन्त्रालय पुगेका थिए ।
Advertisement