• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • ९. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • १०. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान


  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • गुल्मी । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा सञ्चालन हुँदै आएको पौवा होटल बन्द भएको छ । रेसुङ्गा नगरपालिका र होटल पौवा प्रालिबीच भएको २५ वर्षे रिसोर्ट सञ्चालन सम्झौता सर्वोच्च अदालतले बदर गरेपछि होटलले आफ्नो सञ्चालन बन्द गरी संरचनामा रहेका सामग्री हटाउन थालेको हो ।
    धर्मशालाका लागि निर्माण गरिएको संरचनालाई व्यावसायिक रिसोर्टका रूपमा प्रयोग गर्न दिने निर्णय कानुनविपरीत भएको भन्दै अधिवक्ताहरू देवीप्रसाद रिजाल, विष्णुप्रसाद अर्याल र अजित भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
    रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नगरपालिका र होटल पौवा प्रालिबीच भएको सम्झौता बदर गरेको थियो । साथै आवश्यक परे परम्परागत नेपाली शैलीको गैरव्यावसायिक तथा गैरनाफामूलक धार्मिक धर्मशाला निर्माण गर्न सकिने गरी परमादेश जारी गरेको थियो ।

    Advertisement


    रेसुङ्गा धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वको क्षेत्र हुनुका साथै संरक्षित तथा धार्मिक वनका रूपमा समेत रहेको भन्दै रिट निवेदकहरूले व्यावसायिक रिसोर्ट सञ्चालन गर्न दिन नहुने जिकिर गरेका थिए ।
    नगरपालिका र होटल पौवाबीच करिब ३० रोपनी क्षेत्रफल उपयोग गर्ने गरी २५ वर्षका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार सुरुका चार वर्ष भाडा नलिने र त्यसपछि क्रमशः वार्षिक ५० हजार, ७५ हजार तथा एक लाख रुपैयाँ भाडा बुझाउने व्यवस्था थियो ।
    होटल पौवाले रिसोर्ट सञ्चालनका लागि सुरुआती चरणमै करिब दुई करोड रुपैयाँ लगानी गरेको र थप १० करोड रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको थियो ।
    अदालतको आदेशपछि होटल सञ्चालनको कानुनी आधार समाप्त भएपछि पौवा होटलले सामान हटाउने प्रक्रिया अघि बढाएको होटलका प्रमुख प्रदीप घिमिरेले बताए ।
    होटल बन्द भएसँगै रेसुङ्गाको धार्मिक तथा ऐतिहासिक स्वरूप संरक्षण गर्ने विषयसँगै त्यहाँ आउने पर्यटक तथा श्रद्धालुका लागि आवश्यक बसोबास र अन्य सुविधा कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नसमेत उठेको छ ।

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ४.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ७.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ८.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...