• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह


  •   आइतबार, असार २१, २०८३ मा प्रकाशित
  • काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलनभन्दा संवाद र सहकार्यबाट समाधान गर्न सरकार तयार रहेको बताएका छन्। उनले नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझावसहित औपचारिक छलफलमा आउन आग्रह गरेका छन्।
    नेपाल पत्रकार महासंघले शनिबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता, सञ्चार कानुन सुधार र पत्रकारितासँग सम्बन्धित विषयमा संवादका ढोका बन्द नगरेको बताए।
    उनले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै सञ्चारमाध्यमले सरकारलाई तथ्य, प्रमाण र नैतिक आधारमा खबरदारी गर्नुपर्ने बताए। ‘सरकार जिम्मेवार हुनुपर्छ भन्नेमा दुईमत छैन। सञ्चारमाध्यमले प्रश्न उठाउनुपर्छ, तर त्यो तथ्य र प्रमाणमा आधारित हुनुपर्छ,’ उनले भने।
    सरकारी विज्ञापन वितरण, सञ्चार संस्थाको आर्थिक अवस्था, कानुनी सुधार, पत्रकारको व्यावसायिक सुरक्षा र संस्थागत विकासका विषयलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। विज्ञापनको विषयलाई लिएर सडक आन्दोलनभन्दा संवाद प्रभावकारी हुने उनले बताए।
    मन्त्री तिमिल्सिनाले सरकारको विज्ञापनमा अत्यधिक निर्भर सञ्चारमाध्यमले स्वतन्त्र रूपमा खबरदारी गर्न कठिन हुने उल्लेख गर्दै सञ्चार संस्थाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए। न्यूनतम पारिश्रमिक निर्धारण समिति प्रभावकारी हुन नसकेपछि सरकारले समिति खारेज गरेको र आवश्यकताअनुसार नयाँ संयन्त्रमार्फत सुझाव लिइने उनले जानकारी दिए।
    उनले समाचार र भ्रामक तथा नियोजित गलत सूचनाबीच स्पष्ट भिन्नता छुट्याउनुपर्ने आवश्यकता औँल्याउँदै पत्रकारितामा आचारसंहिता, गोपनीयताको अधिकार र व्यावसायिक उत्तरदायित्वको पालना अनिवार्य रहेको बताए। सरकारको नीति सूचना संकुचन गर्ने नभएको र समाचार हटाउन दबाब दिने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।
    सम्मेलनमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले संघीय सञ्चार कानुन, प्रेस स्वतन्त्रता र पत्रकारिताको उत्तरदायित्वबारे राष्ट्रिय बहस आवश्यक रहेको बताइन्। महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले नयाँ सञ्चार कानुनले प्रेस स्वतन्त्रतालाई कुनै पनि रूपमा सीमित गर्न नहुने धारणा राखे।

    Advertisement

    आइतबार, असार २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • २.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ३.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ४.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ५.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ६.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ७.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ८.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...