• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत


  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
  • गुल्मी। गत जेठ ११ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित बागलुङको बडिगाड गाउँपालिकाका परिवारलाई लक्षित गर्दै लायन्स क्लब अफ बागलुङ–बडिगाडले करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ।
    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’को सहयोगमा करिब १५ हजार अमेरिकी डलर (झन्डै २० लाख रुपैयाँ) बराबरको राहत सामग्री वितरण गरिएको क्लबले जनाएको छ। हालसम्म २१५ प्रभावित परिवार तथा विपद्बाट प्रभावित ९ सामाजिक संस्थालाई राहत उपलब्ध गराइएको छ भने बाँकी पहिचान भएका लाभग्राहीलाई असार १४ गते राहत वितरण गरिने सचिव कृष्ण भट्टराईले बताए।
    क्लबका अनुसार बडिगाड गाउँपालिका–१ तथा ३ देखि १० नम्बर वडासम्मका प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, जस्तापाता लगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको हो। प्रत्येक परिवारले करिब १२ हजार ५ सय रुपैयाँ बराबरको राहत पाएको क्लबका अध्यक्ष नरेश घिमिरेले जानकारी दिए।
    राहत ग्रहण गर्दै बडिगाड–८ का खुमबहादुर श्रीसले विपद्को समयमा प्राप्त सानो सहयोगले पनि ठूलो हौसला मिल्ने बताए। बडिगाड–३ का हीराबहादुर सुनारले हावाहुरीले घर नै उडाएपछि कठिन अवस्थामा रहेको बेला क्लबको सहयोग महत्वपूर्ण बनेको प्रतिक्रिया दिए।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले स्थापना भएको छोटो समयमै विपद् प्रभावित नागरिकका लागि ठूलो सहयोग जुटाएको भन्दै लायन्स क्लबको प्रशंसा गरिन्। उनका अनुसार हावाहुरीबाट गाउँपालिकाका २३५ घरधुरी प्रभावित भएका थिए, जसमध्ये ५८ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्।
    विपद् लगत्तै गाउँपालिकाले प्रभावित क्षेत्रमा त्रिपाल वितरण गरेको र थप राहतका लागि आवश्यक विवरण प्रदेश सरकारमा पठाइसकिएको अध्यक्ष अधिकारीले बताइन्। विपद्को सामना गर्न सरकारी प्रयाससँगै सामाजिक संघसंस्थाको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
    जेठ ११ गतेको हावाहुरीले बडिगाडका विभिन्न बस्तीमा सयौं घर, विद्यालय, सामुदायिक भवन, गोठ तथा कृषि संरचनामा क्षति पुर्‍याएको थियो। कृषिबाली र पशुपालन क्षेत्रमा समेत ठूलो नोक्सानी भएपछि प्रभावित परिवारलाई राहतको आवश्यकता बढेको अवस्थामा लायन्स क्लबको सहयोग पुगेको हो।

    Advertisement

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने
    गुल्मीमा एलपी ग्यासको अभाव

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation