• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

वजेटमा लुम्बिनी : सौम्य शक्तिदेखि वृहत् विकास कार्यक्रमसम्म


  •   शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
  • प्युठान। संघीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनी प्रदेशसँग सम्बन्धित पर्यटन, पूर्वाधार, ऊर्जा, स्वास्थ्य र औद्योगिक विकासका विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमार्फत नेपालको ‘सौम्य शक्ति’ विस्तार गर्ने विषयदेखि वृहत् लुम्बिनी विकास कार्यक्रमलाई कार्यान्वयनमा लैजाने योजना बजेटमा समेटिएको छ ।
    अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा, हिमश्रृंखला, योग, ध्यान, सांस्कृतिक विविधता र नेपालको शान्तिवादी छविलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिने उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालको सहभागितालाई समेत ‘सफ्ट पावर’ विस्तारको आधारका रूपमा प्रस्तुत गरिएको छ ।

    Advertisement

    बजेटमा वृहत् लुम्बिनी विकास कार्यक्रम (ग्लाड) लाई कार्यान्वयन गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई तिलौराकोट, रामग्राम र देवदहजस्ता ऐतिहासिक तथा धार्मिक सम्पदासँग जोड्दै पर्यटकीय, सामाजिक र सांस्कृतिक विकासमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्य सरकारको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाइने घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय उडान न्यून भइरहेका बेला विमानस्थल सञ्चालन प्रभावकारी बनाउने उद्देश्यसहित यो व्यवस्था अघि सारिएको हो ।

    प्रदेशका पहाडी जिल्लामा रहेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गरिने पनि बजेटमा उल्लेख छ । पाल्पाको बसन्तपुर, श्रीनगर, गुल्मीको रेसुंगा र मदाने, अर्घाखाँचीको सुपा देउराली, प्युठानको स्वर्गद्वारी, रोल्पाको जलजला र रुकुमपूर्वको पुथा उत्तरगंगालगायत क्षेत्रलाई पर्यटन पूर्वाधारसँग जोड्ने योजना सरकारले अघि सारेको छ ।

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न भइरहेको पहललाई निरन्तरता दिइने सरकारको घोषणा छ । यसअघि प्रक्रिया अन्तिम चरणमा पुगे पनि अन्तर्राष्ट्रिय तहको असहयोगका कारण सूचीकरण रोकिएको थियो ।

    लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक मार्ग, शालिग्राम पथ तथा योग–ध्यान केन्द्र विकास गर्ने योजना पनि बजेटमा समेटिएको छ । बौद्ध र वैदिक दर्शनलाई जोड्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने सरकारको लक्ष्य देखिन्छ ।

    पूर्वाधारतर्फ पाल्पाको सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने उल्लेख गरिएको छ । दुई वर्षअघि सुरु भएको आयोजनाको ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको सरकारले जनाएको छ ।

    सरकारले मोतिपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ । यसले औद्योगिक क्षेत्रको मोडल परिवर्तन गरेको भए पनि स्थानीय बासिन्दाको जग्गा विवादका कारण यो योजना अझै संवेदनशील विषयका रूपमा रहेको छ ।

    बुटवलमा कम्तीमा दुई हजार दर्शक क्षमताको बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गर्ने योजना बजेटमा समेटिएको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रमा रूपान्तरण गरिने उल्लेख छ ।

    सडक पूर्वाधारतर्फ बुटवल–गोरुसिङे र धानखोला–लमही सडकखण्ड स्तरोन्नतिको कामलाई निरन्तरता दिइने भएको छ । बेलहियामा निर्माणको अन्तिम चरणमा रहेको एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा ल्याउने तयारी पनि सरकारले गरेको छ ।

    यसैगरी बबई सिंचाइ आयोजना सम्पन्न गर्ने, नौमुरे जलविद्युत आयोजना कार्यान्वयनमा ल्याउने तथा बुटवलसहित प्रमुख सहरमा फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रम पनि बजेटमा समेटिएका छन् ।

    शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation