• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ४. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ ः मुख्यमन्त्री आचार्य


  •   शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी तथा संविधान निर्माणका क्रममा एक ठाउँमा उभिएका शक्तिहरु पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको १९ औँ गणतन्त्र दिवस मूल समारोहलाई शुक्रबार राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लामो संघर्ष, त्याग र बलिदानीबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सबै सचेत नागरिक एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभएको हो । ‘लोकतान्त्रिक गणतन्त्र लामो संघर्षपूर्ण बलिदानबाट प्राप्त उपलब्धि हो । यही शासन व्यवस्थालाई कमजोर पार्न, संसदीय मूल्य मान्यतालाई कमजोर बनाउन दुस्साहस भइरहेको छ । यसको खबरदारी गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘सचेत नागरिकको हैसियतले यो व्यवस्थाको रक्षाका निम्ति सबै एकजुट हुन जरुरी छ ।’ उहाँले जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरु हावी हुन खोजिरहेको टिप्पणी गर्दै लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले गणतन्त्र प्राप्तिपछि विकास निर्माणको क्षेत्रमा कायापलट भएको दाबी गर्नुभयो । भौतिक, सामाजिक तथा नागरिक अधिकारका क्षेत्रमा असाधारण विकास भए पनि केही नभएको भाष्य निर्माण गरिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘प्रदेश स्थापना भएपछि पनि धेरै विकास भएको छ । नागरिकको जीवनमा परिवर्तन आएको छ । तर, केही भएन भन्ने भाष्य खडा गरेर मुलुकलाई कमजोर पार्ने काम भइरहेको छ,’उहाँले भन्नुभयो । संघीय लोकतान्त्रिक व्यवस्थाले हरेक क्षेत्रमा नागरिक सहभागिता सुनिश्चित गरेको उहाँको भनाइ थियो । कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले नागरिकको बलिदानीको जगमा स्थापित लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्रात्मक व्यवस्था उन्नत शासन व्यवस्था भएकाले सार्वभौम नागरिकको सम्मान यसै व्यवस्थामा सुरक्षित रहेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सरसफाइ, दीप प्रज्वलन तथा मूल समारोह आयोजना गरेर दिवस मनाएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुसिला अर्यालको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्यले गर्नुभएको थियो । यसैबीच, गणतन्त्र दिवस समारोहका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कार वितरण गरेको छ । उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका तत्कालिन प्रदेश सचिव याम नारायण देवकोटा तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रविन्द्र अर्याल सम्मानित हुनुभएको छ । त्यस्तै प्रदेश निजामती सेवा पुरस्कारबाट वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईं, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन अधिकृत मनोजकुमार श्रेष्ठ तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत शिवप्रसाद न्यौपाने सम्मानित हुनुभएको छ ।

    Advertisement

    यसैगरी उत्कृष्ट कार्यसम्पादनका आधारमा सामाजिक विकास मन्त्रालयकी वरिष्ठ शिक्षा अधिकृत बेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्व अधिकृत कृष्णचन्द्र गिरी तथा स्वास्थ्य कार्यालय रोल्पाकी वरिष्ठ पब्लिक हेल्थ नर्स निरीक्षक सीता कुँवरलाई सम्मानपत्र प्रदान गरिएको छ । यसैगरी प्रदेश सभा तर्फ उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

    शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ४.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation