• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • पाल्पा । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार एक कार्यक्रमका बीच पाल्पालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धीलाई दिगो बनाउन साझा प्रयत्न आवश्यक रहेको बताउनुभयो । उहाँले पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्वपूर्ण जिल्ला रहेको उल्लेख गर्दै यहाँ मिसन अस्पताल, मेडिकल कलेज र जिल्ला अस्पतालमार्फत सरकारी तथा निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको बताउनुभयो । उहाँले पाल्पा जिल्ला भित्र मात्र नभई बाहिरी जिल्लाका बिरामीसमेत उपचारका लागि आउने केन्द्रका रूपमा विकास भएको धारणा राख्नुभयो ।
    मुख्यमन्त्री आचार्यले जिल्ला अस्पतालको जग्गा प्राप्तिको विषयमा विगतदेखि नै छलफल भइरहेको बताउँदै संघीय सरकारले बनाएको मापदण्ड पूरा नभएका कारण प्रक्रिया केही जटिल बनेको उल्लेख गर्नुभयो । उहाँले ५० शैयाको अस्पताल निर्माणका लागि आवश्यक मापदण्ड तथा नियमावली अगाडि बढाइएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा बहुवर्षीय आयोजनाका रूपमा कार्यक्रम अघि सारिने बताउनुभयो । भवन निर्माणको कामलाई पनि तीव्र रूपमा अघि बढाइने उहाँको भनाइ थियो ।
    उहाँले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी वर्षको बजेटमार्फत विशेष प्राथमिकता दिइने उल्लेख गर्दै प्रदेशभित्रै विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको, लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउनेगरी सरकारले लगानी लगाएको स्पष्ट पार्नुभयो ।‘लुम्बिनी प्रदेशको विरामी थप उपचार सेवा लिन अनेत्र जानु नपरोस, आफ्नै प्रदेश भित्रको अस्पतालबाट निको भएर घर फर्किने वातावरण बनाउन चाहन्छौं’उहाँले भन्नुभयो,‘हामिले लुम्बिनी प्रादेशिक अस्पताललाई सोही रुपमा अघि बढाएका छौं । त्यो अस्पताल रुपन्देहीको मात्रै होइन, सिंगो लुम्बिनी प्रदेशका बासिन्दाको अस्पताल हो ।’
    मुख्यमन्त्री आचार्यले अथक प्रयासबाट पाल्पाले लुम्बिनी प्रदेशलाई गर्व गर्ने अवसर दिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा अब्बल काम गरेर उदाहरण प्रस्तुत गरेकोमा सरोकारवालालाई धन्यवाद दिनुभयो । सफल हुनु मात्रै ठूलो कुरा नभई त्यसलाई दीगो बनाएर निरन्तरता दिनु अझ चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।
    पूर्णखोप तथा संस्थागत प्रसुति सेवाको उपलब्धीलाई दीगो बनाउन राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाको महत्वपूर्ण भूमिका रहने मुख्यमन्त्री आचार्यले बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रवाहलाई प्रभावकारी बनाउन वर्थिङ्ग सेन्टरलाई व्यवस्थित र आवश्यकताअनुसार मर्ज गर्दै सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै उहाँले सेवा अवधिपछि विदाई हुँदा सम्मानस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

    Advertisement

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...