• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ


  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । वैदेशिक रोजगारीका नाममा कामदारसँग लाखौं रुपैयाँ असुल्न खोज्ने एक म्यानपावर एजेन्टलाई प्रहरीले स्टिङ अपरेसनमार्फत पक्राउ गरेको छ ।
    मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिविपरीत ३ लाख रुपैयाँ मागेपछि श्रम मन्त्रालयको सचिवालय र प्रहरीको समन्वयमा गरिएको अपरेसनमा ती एजेन्ट शनिबार तीनकुनेबाट पक्राउ परेका हुन् । अजय सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका थिए । उनको उडान वैशाख २९ गतेका लागि तय भएको थियो । तर, कोटेश्वरस्थित ‘ग्रान्ड स्विट जब’ नामक म्यानपावर कम्पनीले थप रकम नदिएसम्म राहदानी, श्रम स्वीकृति र टिकट नदिने अडान लिएपछि उनी विदेश जानबाट रोकिएका थिए ।
    सरकारको ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिअनुसार मलेसिया जान अधिकतम १० हजार रुपैयाँ मात्र तिर्नुपर्ने भए पनि म्यानपावरले उनीसँग ३ लाख १० हजार रुपैयाँ मागेको थियो । सुरुमा १० हजार छुट गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाइएको थियो । अजयले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए ।
    बाँकी २ लाख २० हजार रुपैयाँ लिएर काठमाडौं आएका अजयले यसबीच श्रममन्त्री रामजी यादवको सचिवालयमा गुनासो गरेका थिए । त्यसपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादवको पहलमा प्रहरी र सञ्चारकर्मीको टोलीसहित स्टिङ अपरेसन गरिएको थियो । म्यानपावरका कर्मचारीले अजयलाई शनिबार बिहान तीनकुनेस्थित गैरीगाउँमा बोलाएका थिए । त्यहाँ पुगेपछि कर्मचारीले सुरुमा पैसा मागेका थिए भने अजयले कागजात पाएपछि मात्र रकम दिने बताएका थिए । केहीबेर विवाद भएपछि प्रहरीले ती कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।
    प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट चारवटा राहदानी, फ्लाइट टिकट र अन्य कागजात बरामद गरिएको छ । अन्य कामदारसँग समेत रकम असुल्न कागजात नियन्त्रणमा राखिएको आशंका गरिएको छ ।
    प्रारम्भिक सोधपुछका क्रममा एजेन्टले पैसा लिएर मात्रै कागजात दिन लागेको स्वीकार गरेका थिए । ‘फ्रि भिसा, फ्रि टिकट’ भएको देशमा किन ३ लाख रुपैयाँ मागियो भन्ने प्रश्नपछि उनी मौन बनेको प्रहरीले जनाएको छ ।
    प्रहरीले पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाएको छ ।
    उता, प्रहरीले अजयको राहदानी, श्रम स्वीकृति, बिमा र टिकट फिर्ता गरिदिएपछि उनी आइतबार मलेसिया उड्ने तयारीमा छन् ।
    ‘पहिले पैसा लाग्दैन भने, भिसा आएपछि ३ लाख नदिए जान पाउँदैनौ भन्दै धम्क्याउन थाले,’ अजयले भने, ‘गरिब मान्छेलाई ऋण काढ्न बाध्य बनाउने यस्ता गिरोहलाई कडा कारबाही हुनुपर्छ ।’
    श्रममन्त्रीको सचिवालयले वैदेशिक रोजगारीका क्रममा कुनै समस्या परे सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    Advertisement

    आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation