• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’


  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • काठमाडौं । कर्णालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताको अपेक्षा र मागलाई संसदमा उठाउने प्रतिवद्धता जाहेर गरेका छन् । सोमबार पलाँता गाउँपालिकाले गरेको सम्मान कार्यक्रममा कर्णालीका समस्या र समाधानको लागि सदन र सरकारको ध्यानाकर्षण गर्ने बताए ।नेपाली कम्युनिस्ट पार्टीबाट कालिकोटबाट निर्वाचित सांसद तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका समस्या र समाधानको उपायलाई नजिकबाट साक्षात्कार गरेको बताउँदै संसद र सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जाहेर गरे ।उनले आफू संघीय मन्त्री र कर्णालीको मुख्यमन्त्री हुँदा पनि सकारात्मक पहल गरेको बताउँदै भने, ‘कर्णालीका समस्या र समाधानलाई नजिकबाट चिनेका छौं, केही संघीय सरकार र प्रदेशमा केही पहल लिएका थियौं, केही काम भएका थिए र बाँकी कार्यको निरन्तरता दिन पहल लिन्छौं ।’ उनले त्यसको लागि आफूले नेतृत्व गर्न तयार रहेको बताए ।नेकपा एमाले दैलेख २ बाट निर्वाचित लक्ष्मी प्रसाद पोखरेलले कर्णाली प्रदेश पिछडिएको मात्रै नभएर संभावनाको खानी भएको बताउँदै त्यसको उचित पहिचान र हुन नभएको बताए । उनले कर्णालीका संभावनाको पहिचान गरी जनताको हितमा उपयोग गर्ने वातावरण बनाउने पर्ने बताए ।‘कर्णाली पिछडिएको मात्रै नभएर संभावनाको खानी पनि हो । राज्यले सम्भावनाको पहिचान गरी त्यहाँका जनताको आवश्यकतामा उपयोग गर्ने वातावरण नभएकै कारण कर्णाली पछि परेको हो । अब संसदमा कुरा उठाउँछौं र सरकारको ध्यानाकर्षणसँगै योजना बनाउन पहल गर्छौं’ पोखरेलले भने ।नेपाली काँग्रेसका सांसद कालिबहादुर सहकारीले कर्णालीलाई सुनको थाली भन्दै त्यसको महत्व बुझ्न नसकिएको बताए । ‘हामी सुनको थालीमा नुन मागिरहेका छौं । अब सुनको थालीमा नुन मग्ने होइन, त्यसको सम्भावनालाई जनताको हितमा उपयोग गर्नुपर्छ, त्यसको लागि म लाग्ने छु ।’ जनताले आफूहरुसँग ठूलो अपेक्षा गरेको बताउँदै सांसद सहकारीले जनताको आशा र भरोसालाई आफूले कहिलै मर्न नदिन लागिपर्ने प्रतिवद्धता जनाए ।सम्मान कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले नवनिर्वाचित सांसदहरुले कर्णालीका जनताका माग र अपेक्षालाई संसदमार्फत सरकारसमक्ष पुर्याउने विश्वास व्यक्त गरे ।कर्णालीलाई अन्य प्रदेशहरुसँग प्रतिस्पर्धी बनाउन मुख्य चुनौती भौगोलिक विकटता रहेको बताउँदै रोकायाले भने,‘कर्णाली पछाडि हुनुको मुख्य कारण भौगोलिक हिसाबले धेरै ठाउँ अझै दुर्गम छ जसका कारण उद्योग लगभग शून्य, रोजगारीका हिसाबले वैदेशिक रोजगारमा निर्भर, स्वास्थ्यका हिसाबले जनशक्ति अभाव, उच्च शिक्षाको अवसर कम, सुरक्षित तथा शुद्ध पानीको गम्भीर समस्या छन्, यसलाई हल गर्न व्यापक काम गर्नुपर्ने छ ।’कार्यक्रममा नेपाली काँगे्रसबाट सांसदहरु विष्णु बहादुर खड्का(सुर्खेत–१), जयपति रोकाया(हुम्ला), खड्क बहादुर बुढा(जाजरकोट), खड्क शाही(मुगु), कालिबहादुर सहकारी(कालिकोट), त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीबाट सांसदहरु महेन्द्रबहादुर शाही(कालिकोट), गोपाल शर्मा(रुकुम पश्चिम) र पार्वती विक(जाजरकोट) थिए भने नेकपा(एमाले)बाट सांसदहरु लक्ष्मी प्रसाद पोखरेल(दैलेख–२), यशुदा कुमारी बराल(कालिकोट)लगायत सहभागी थिए ।

    Advertisement

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation