• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल


  •   शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले ल्याएको प्रतिज्ञापत्रमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ।
    बिहीबार कांग्रेस सभापति गगन थापाले काठमाडौँको राष्ट्रिय सभागृहमा विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्र बनेको छ। यसअघि बुधबार जनकपुरधाममा आयोजित चुनावी सभामा प्रतिज्ञापत्रमा रहेको ‘भिजन-१०’ सार्वजनिक गरेको थियो।
    कांग्रेसको दुई सय पृष्ठको प्रतिज्ञापत्रमा दिगो भौतिक पूर्वाधारमा जोड दिइएको छ। यसमा कांग्रेसले ‘दिगो पूर्वाधार, सबल अर्थतन्त्र, सुरक्षित भविष्य, विकसित नेपाल’ नारा दिएको छ।
    आर्थिक वृद्धिलाई सघाउने, नागरिकको जीवनस्तर उकास्ने र क्षेत्रीय सन्तुलन काम गरी आधुनिक र दिगो पूर्वाधार निर्माण गर्न सडक, यातायात, आवास तथा सहरी विकास, उर्जा विकासका लागि काम गर्ने प्रतिबद्धता जनाइएको छ। कांग्रेसले पूर्वाधार विकासलाई नयाँ चरणमा लैजान लक्ष्य राखेको छ।
    यसका लागि कांग्रेसले राष्ट्रिय प्राथमिकता र आवश्यकताका आधारमा आयोजना छनोट र स्रोत सुनिश्चित गरिने जनाएको छ। पर्याप्त अध्ययन नभएका र नागरिकको आवश्यकतामा नपरेका टुक्रे आयोजना कार्यान्वयन नगर्ने कांग्रेसको प्रतिबद्धता छ।
    कांग्रेसले पूर्वाधार निर्माणमा खानेपानी, ढल, विद्युत्, दूरसञ्चार, इन्टरनेट, डीटीएच जस्ता सुविधाका लागि युटिलिटी करिडोर बनाउने प्रतिज्ञापत्रमा उल्लेख छ। विकास आयोजनाको काम तीन सिफ्टमा गर्ने पद्धतिलाई अगाडि बढाउने भएको छ।
    राजधानीसँग जोड्ने सबै राजमार्ग बाह्रैमास चल्ने बनाउने, काठमाडौँ-हेटौँडा सडकलाई एक वर्षभित्र स्तरोन्नति गर्ने, सबै प्रदेशका राजधानीलाई जोड्ने सडकको स्तरोन्नति गर्ने कांग्रेसको योजना छ।
    कांग्रेसले काठमाडौँ उपत्यकामा चल्ने नयाँ सार्वजनिक यातायातका साधन विद्युतीय बनाउने प्रतिज्ञा गरेको छ। टिकट तथा भाडामा हिस्सेदारी सहितको स्मार्ट ट्रान्जिट प्रणाली एक वर्षभित्र लागू गर्ने जनाएको छ।
    काठमाडौँ जोड्न् अन्तरदेशीय र पूर्व-पश्चिम रेलमार्गको निर्माणलाई अघि बढाउने प्रतिज्ञापत्रमा उल्लेख छ। ‘काठमाडौँ-पोखरा-लुम्बिनी विद्युतीय रेलको सम्भावना अध्ययन गर्छौ,’ कांग्रेसले भनेको छ।
    यस्तै, कांग्रेसले प्रदेश राजधानीसँगै केही शहरलाई सुविधायुक्त आधुनिक शहरको रुपमा विकास गर्ने जनाएको छ। जसमा विर्तामोड, ईटहरी, धरान, वीरगञ्ज, भैरहवा, बुटवल, घोराही, कोहलपुर र कञ्चनपुर रहेका छन्।
    कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने बताएका छन्। संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने उनले बताए।
    यस्तै, उनले आफ्नो पार्टीको सरकार बनेमा वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने पनि प्रतिज्ञा गरेका छन्।कांग्रेसले आफ्नो पहिलो प्रतिज्ञामा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने उल्लेख गरेको छ। त्यसका लागि २०४८ सालपछि सार्वजनिक जीवनका उच्च तहमा रहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्न ६ महिनाभित्र उच्चस्तरीय अधिकारसम्पन्न छानबिन आयोग बनाउने कांग्रेसको वाचा छ।

    Advertisement

    शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation