• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लोकप्रिय समाचार

  • १. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • २. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • ३. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ४. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ८. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ९. गुल्मीमा एलपी ग्यासको अभाव

  • १०. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया


  •   आइतबार, माघ २६, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको संयुक्त आयोजनामा जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुईदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । शिविर अवधिभर कुल ३७४ जना आँखाका बिरामीहरूको परीक्षण तथा उपचार गरिएको थियो ।
    तीमध्ये २६ जना मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया सफलतापूर्वक गरिएको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीका बिरबहादुर कार्कीले बताए । आर्थिक अवस्था कमजोर भएका तथा दुर्गम क्षेत्रका नागरिकहरूका लागि लक्षित गरी सञ्चालन गरिएको यस शिविरबाट स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
    शिविरमा मोतियाबिन्दुका बिरामीहरूको शल्यक्रिया लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र भैरहवाकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. बेबीका फुयालको नेतृत्वमा जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीका अनुभवी प्राविधिक टिमले गरेका थिए । आधुनिक प्रविधि र सुरक्षित स्वास्थ्य मापदण्ड अपनाएर शल्यक्रिया गरिएको जनाइएको छ ।
    सत्यवती गाउँपालिकाले हरेक वर्ष नेपाल नेत्र ज्योति संघ गुल्मीसँग सहकार्य गर्दै यस्ता निःशुल्क शल्यक्रिया शिविरहरू आयोजना गर्दै आइरहेको छ । आँखाको ज्योति गुमाउने जोखिममा रहेका नागरिकहरूलाई समयमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको गाउँपालिकाले जनाएको छ ।
    यस निःशुल्क शल्यक्रिया शिविर सञ्चालनका लागि नेपाल सरकार तथा सत्यवती गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको थियो । साथै, सत्यवती गाउँपालिकाले मासिक रूपमा सदरमुकाममा सञ्चालन हुने शल्यक्रिया शिविरमार्फत आफ्ना पालिकाभित्रका नागरिकहरूको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सुनिश्चित गर्न नेपाल नेत्र ज्योति संघ गुल्मीसँग औपचारिक सम्झौता समेत गरेको छ ।
    शिविरको समापन कार्यक्रममा सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसाल, जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष विष्णुप्रसाद भण्डारी, नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेय, सचिव पदमप्रसाद पाण्डे, कार्यसमिति सदस्य विनोद पाण्डे, नेत्र रोग विशेषज्ञ डा. बेबीका फुयाल, जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
    समापन कार्यक्रममा वक्ताहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

    Advertisement

    आइतबार, माघ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    लोकप्रिय

    • १.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • २.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • ३.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • २.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ४.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ५.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    • ७.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ८.
      गुल्मीमा एलपी ग्यासको अभाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation