• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ६. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

  • ७. चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

  • ८. क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

  • ९. गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

  • १०. मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–७ दनौली। टिनको छानो, माटोको आँगन र अभावबीच हुर्किएका पवनदेव माझी आज चिकित्सक बन्ने ढोकासम्म आइपुगेका छन्। मधेशको सबैभन्दा पिछडिएको मानिने मुसहर समुदायबाट सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाउने उनी सम्भवतः पहिलो व्यक्ति हुन्।
    २२ वर्षे पवनदेवले चिकित्सा शिक्षा प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा गाउँमा खुसी छायो। तर त्यो खुसीसँगै उनको मनमा अर्को चिन्ता पनि छ—छ वर्षको पढाइ कसरी धान्ने?
    उनका ६० वर्षीय बुबा शिवनारायण माझी १४ वर्षदेखि कतारमा मजदुरी गरिरहेका छन्। विदेशबाट आउने सीमित आम्दानीले घरखर्च धान्नै कठिन छ।
    “बुबाले पसिना बगाएर पठाउनुभएको पैसाले नै म यहाँसम्म आइपुगेको हुँ,” पवनदेव भन्छन्, “अब उहाँ वृद्ध हुनुभयो। घर चलाउने कि मेरो पढाइ—यही दोधार छ।”
    परिवारको नाममा पाँच धुरमा बनेको सानो पक्की घर र दुई कठ्ठा जमिन मात्र छ। आमा सिर्जना माझी घरधन्दासँगै अधिया खेती र मजदुरी गर्छिन्। पवनदेव पनि पढाइसँगै कहिलेकाहीँ मजदुरीमा जान्थे।
    आर्थिक अभावकै बीच पवनदेवले २०७७ मा एसईई र २०८० मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। गाउँमा ‘एचए’ नै डाक्टर मानिने परिवेशमा परिवारले उनलाई हेल्थ असिस्टेन्ट बनाउने सोच राखेको थियो। तर पवनदेवको सपना त्यसभन्दा ठूलो थियो—एमबीबीएस।
    महँगा कोचिङ जान नसकेपछि उनले युट्युब र स्वअध्ययनलाई नै गुरु बनाए। पहिलो प्रयास असफल भयो। दोस्रो प्रयासमा एमबीबीएसबाहेक अन्य विधामा नाम निस्कियो। काठमाडौं गएर बीडीएस पढ्न थाले पनि मन अडिएन।
    अन्ततः ऋण काढेर कोचिङ लिएपछि तेस्रो प्रयासमा—२०८२ सालमा—एमबीबीएस र बीडीएस दुवैमा पूर्ण छात्रवृत्तिसहित नाम निकाल्न सफल भए।
    एमबीबीएसमा नाम निस्किनु उपलब्धि थियो। तर भर्नाका लागि चाहिने ७५ हजार रुपैयाँ जुटाउनै अर्को संघर्ष बन्यो। मुसहर समुदायका अगुवा पचु माझीको पहलमा सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरियो। करिब एक लाख रुपैयाँ जुटेपछि उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन सके।
    तर समस्या अझै टुंगिएको छैन। आगामी छ वर्षमा होस्टेल, किताब र अन्य खर्च गरी करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
    “थोरै–थोरै सहयोग पाए मेरो सपना बाँच्न सक्छ,” पवनदेव भन्छन्, “डाक्टर बनेर आफ्नो समुदायको सेवा गर्ने चाहना छ।”

    Advertisement

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ६.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा

    भर्खरै

    • १.
      मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

    • २.
      गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

    • ३.
      क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    • ४.
      चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

    • ५.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • ६.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ७.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ८.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...