• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–७ दनौली। टिनको छानो, माटोको आँगन र अभावबीच हुर्किएका पवनदेव माझी आज चिकित्सक बन्ने ढोकासम्म आइपुगेका छन्। मधेशको सबैभन्दा पिछडिएको मानिने मुसहर समुदायबाट सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाउने उनी सम्भवतः पहिलो व्यक्ति हुन्।
    २२ वर्षे पवनदेवले चिकित्सा शिक्षा प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा गाउँमा खुसी छायो। तर त्यो खुसीसँगै उनको मनमा अर्को चिन्ता पनि छ—छ वर्षको पढाइ कसरी धान्ने?
    उनका ६० वर्षीय बुबा शिवनारायण माझी १४ वर्षदेखि कतारमा मजदुरी गरिरहेका छन्। विदेशबाट आउने सीमित आम्दानीले घरखर्च धान्नै कठिन छ।
    “बुबाले पसिना बगाएर पठाउनुभएको पैसाले नै म यहाँसम्म आइपुगेको हुँ,” पवनदेव भन्छन्, “अब उहाँ वृद्ध हुनुभयो। घर चलाउने कि मेरो पढाइ—यही दोधार छ।”
    परिवारको नाममा पाँच धुरमा बनेको सानो पक्की घर र दुई कठ्ठा जमिन मात्र छ। आमा सिर्जना माझी घरधन्दासँगै अधिया खेती र मजदुरी गर्छिन्। पवनदेव पनि पढाइसँगै कहिलेकाहीँ मजदुरीमा जान्थे।
    आर्थिक अभावकै बीच पवनदेवले २०७७ मा एसईई र २०८० मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। गाउँमा ‘एचए’ नै डाक्टर मानिने परिवेशमा परिवारले उनलाई हेल्थ असिस्टेन्ट बनाउने सोच राखेको थियो। तर पवनदेवको सपना त्यसभन्दा ठूलो थियो—एमबीबीएस।
    महँगा कोचिङ जान नसकेपछि उनले युट्युब र स्वअध्ययनलाई नै गुरु बनाए। पहिलो प्रयास असफल भयो। दोस्रो प्रयासमा एमबीबीएसबाहेक अन्य विधामा नाम निस्कियो। काठमाडौं गएर बीडीएस पढ्न थाले पनि मन अडिएन।
    अन्ततः ऋण काढेर कोचिङ लिएपछि तेस्रो प्रयासमा—२०८२ सालमा—एमबीबीएस र बीडीएस दुवैमा पूर्ण छात्रवृत्तिसहित नाम निकाल्न सफल भए।
    एमबीबीएसमा नाम निस्किनु उपलब्धि थियो। तर भर्नाका लागि चाहिने ७५ हजार रुपैयाँ जुटाउनै अर्को संघर्ष बन्यो। मुसहर समुदायका अगुवा पचु माझीको पहलमा सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरियो। करिब एक लाख रुपैयाँ जुटेपछि उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन सके।
    तर समस्या अझै टुंगिएको छैन। आगामी छ वर्षमा होस्टेल, किताब र अन्य खर्च गरी करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
    “थोरै–थोरै सहयोग पाए मेरो सपना बाँच्न सक्छ,” पवनदेव भन्छन्, “डाक्टर बनेर आफ्नो समुदायको सेवा गर्ने चाहना छ।”

    Advertisement

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...