• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

लोकप्रिय समाचार

  • १. जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

  • २. ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

  • ३. ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

  • ४. देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

  • ५. राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

  • ६. संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

  • ७. डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

राप्ती अस्पताल: सेवा सुधारले स्थानीयको विश्वास बढायो


  •   सोमबार, साउन २७, २०८२ मा प्रकाशित
  • सिसहनियाँ। दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले सेवा, पूर्वाधार र व्यवस्थापनमा उल्लेखनीय सुधार गर्दै जनताको विश्वास जित्न सफल भएको छ।
    अस्पतालका अनुसार सात महिनामा दैनिक डेढ सयभन्दा बढी बिरामी उपचार गराइरहेका छन्। अस्पतालले २४ सैं घण्टा आपतकालीन सेवा, ल्याब परीक्षण, भिडियो एक्स–रे, फार्मेसी, प्रसुती लगायतका सेवा नियमित सञ्चालनमा ल्याएको छ।
    मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रवण चौधरीले भने, “स्थानीय जनताको अपेक्षाअनुसार गुणस्तरीय सेवा दिन हामी पूर्णरूपमा प्रतिबद्ध छौँ।”
    एमडी जिपी डा. हरि पाण्डेका अनुसार, बाहिर रिफर हुने बिरामीको संख्या घटेको छ र अत्यन्त जटिल केस बाहेक सबै उपचार यहीँ भइरहेको छ। “स्रोतसाधन पुगेमा शल्यक्रिया सेवा समेत सुरु गर्न सकिन्छ,” उहाँले थप्नुभयो।
    राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भने, “जनताको विश्वास नै अस्पतालको सबैभन्दा ठूलो उपलब्धि हो। थप सुधारका लागि निरन्तर योजना अगाडि बढाइरहेका छौँ।”
    अस्पताल प्रशासन प्रमुख धनबहादुर खड्काका अनुसार, ७ महिनामा १९ हजार १ सय २ जना सेवाग्राहीले यहाँ उपचार लिएका छन्। सेवा, संरचना र उपकरण व्यवस्थापनमा सुधारका लागि निरन्तर प्रयास भइरहेको छ।
    सेवाग्राहीहरूले अस्पतालको सेवा र पहुँचमा आएको सुधारप्रति सन्तुष्टि व्यक्त गरेका छन्। “पहिले बुटवल, भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो, अहिले आवश्यक सेवा यहीँ पाउँछौं,” सेवाग्राही देबिराम ओलीले भने।
    अस्पतालमा दुई एमडी जिपी, चार मेडिकल अफिसर र ४१ जना स्वास्थ्यकर्मी कार्यरत छन्। हप्तामा बुटवलबाट विशेषज्ञ चिकित्सकहरू आएर सेवा दिइरहेका छन्।
    क्षेत्रका सरोकारवालाहरूले राप्ती आधारभूत अस्पतालले गाउँपालिकामा स्वास्थ्य सेवामा नयाँ आशा र विश्वास जगाएको बताए।

    Advertisement

    सोमबार, साउन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै
    राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया
    पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै
    गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

    लोकप्रिय

    • १.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न :

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ५.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न

    • ६.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो:

    भर्खरै

    • १.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    • २.
      डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ५.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ६.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ७.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ८.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation