• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

इन्धन प्रयोगबारे फैलिएको भ्रमबारे मुसिकोट नगरपालिकाको स्पष्टीकरण


  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
  • गुल्मी । हालै सामाजिक सञ्जालमार्फत नगर प्रमुख जीवलाल खरेल जीवनलाई लक्षित गर्दै निरन्तर गरिएका टिप्पणी, आलोचना र प्रश्नहरूको जवाफस्वरूप गुल्मी जिल्ला मुसिकोट नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम मार्फत सत्य तथ्य जानकारी सार्वजनिक गरेको छ । नगरपालिले शनिबार पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख जिवलाल खरेल जीवन, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, नगर प्रवक्ता हरिहर सापकोटाले सामाजिक संजालमा उठेका प्रश्नहरुको यथार्थ जानकारी गराएका हुन् ।
    नगरपालिकाले सामाजिक सञ्जालमा फैलाइएका विषयवस्तुहरूमा सत्य तथ्यसहितको स्पष्टीकरण दिएको हो । नगरप्रमख खरेलका अनुसार हाल नगरपालिकाले पूर्वाधार, आर्थिक, सामाजिक विकास, विपद् न्यूनीकरण, जलवायु अनुकुलन, सुशासन लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको अवस्थामा त्यस्ता भ्रमपूर्ण प्रचार गरिएको बताए ।
    उनले नगरपालिकाका अनुसार हाल चालु योजनाहरू सम्पन्न गर्दै आगामी नीति, कार्यक्रम र बजेट निर्माणको संघारमा रहेका बेला गरिएका आलोचनाहरू उपलब्धीलाई ओझेलमा पार्न र योजनाको गति अवरुद्ध गर्न उन्मुख रहेको बताएका छन् ।
    सवारी साधन र इन्धन प्रयोगबारे प्रष्टता
    नगरपालिकाले सवारी साधनको विषयमा उठेका प्रश्नबारे स्पष्टीकरण दिँदै एक मात्र सवारी साधन रहेको नगरपालिकाले नयाँ गाडी खरिद गर्दा लाग्ने खर्चका कारण सस्तो विकल्पस्वरूप आवश्यक पर्दा भाडाको गाडी प्रयोग गर्ने निर्णय लिएको बताएको छ । नगर प्रमुख र कर्मचारीहरूद्वारा इन्धनको प्रयोग तथा सवारी साधनको दुरुपयोगसम्बन्धी सामाजिक सञ्जालमा फैलिएका टिप्पणी र आरोपहरूलाई लिएर मुसिकोट नगरपालिकाले औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिएको छ ।
    पदाधिकारी र कर्मचारीहरूले सवारी गर्ने सरकारी गाडी, फोहोरमैला व्यवस्थापनका लागि प्रयोग हुने ट्याक्टर, साथै कार्यक्षेत्रभित्र रहेका प्रहरी चौकी र अस्थायी प्रहरी चौकीले माग गरेको इन्धन सम्बन्धी विवरणहरू नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालयद्वारा सञ्चालित सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली एब्ःक् मा नियमित रूपमा प्रविष्टि गरिएको गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए ।
    नगरपालिकाका अनुसार प्रविधिगत समस्याका कारण २०८१ सालको श्रावण र भदौ महिनामा उक्त प्रणाली सञ्चालनमा आउन नसकेको र त्यसैकारण ती महिनाको खपत विवरण एकै दिन (२०८१÷०६÷१०) मा प्रविष्टि गरिएको उनले बताए । सो अवधिमा कुल ५४० लिटर डिजेल खपत भएको जनाइएको छ ।
    यससँगै नगरपालिकाले कार्यालयमा १ वटा मात्र सवारी साधन सञ्चालनमा रहेको उल्लेख गरेको छ । जसलाई तीन जना पदाधिकारीसहित अन्य शाखाका कर्मचारीहरूले पनि योजना अनुगमन, सामग्री ढुवानी तथा अतिथि आगमनजस्ता कार्यमा प्रयोग गर्ने गरेका छन् ।
    कार्यक्रमको स्वरूप अनुसार कहिलेकाहीँ एकै दिन एकभन्दा बढी सवारी साधन प्रयोग गर्नु पर्ने परिस्थिति उत्पन्न हुने बताइएको छ । त्यसैले सवारी प्रयोगकर्ताको रूपमा एउटै व्यक्तिको नाम विभिन्न स्थानमा देखिनु अस्वाभाविक नभएको उल्लेख गरिएको छ ।
    साथै इन्धन खपत विवरणसम्बन्धी विषयमा नेपाल सरकारको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली एब्ःक् मा प्रविष्ट गर्ने प्राविधिक कठिनाइका कारण एकैदिन इन्धन विवरण प्रविष्टि भएको स्पष्ट गरेको छ ।
    इन्धन तथा सवारी प्रयोग सम्बन्धी विवरणमा नगर प्रमुख वा कर्मचारीले एकलौटी प्रयोग गरेको भन्दै गरिएको आलोचना असत्य भएको दाबी नगरपालिकाले गरेको छ । अन्य कर्मचारी, शाखा तथा कार्यालयहरूका लागि समेत प्रयोग हुने हुँदा एउटै व्यक्तिको नाम दोहोरिनु स्वाभाविक भएको बताइएको छ ।
    अध्ययन र सूचनाका लागि उपलब्ध गराइएको विवरणको दुव्र्याख्या गर्दै भ्रम फैलाउने प्रवृत्तिप्रति खेद व्यक्त गरिएको छ । जनप्रतिनिधि, कर्मचारी तथा साझेदारहरूले नगरहितमा सतत सेवामा समर्पित हुँदै आइरहेको भन्दै निजी स्वार्थमा नलागेको र लाग्ने पनि छैन भन्ने अडान पुनः दोहोर्याइएको छ ।

    Advertisement

    शनिबार, असार १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • २.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ३.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ४.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ६.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ७.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ८.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation