देउखुरी। पोखरेल वंश कल्याणकारी संस्था, यदुपति देउखुरीको अठारौं वार्षिक भेला तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। प्युठानको दर्भानमा सम्पन्न भेलाले आत्मराम पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ नेतृत्वमा नारायण पोखरेल उपाध्यक्ष, कमलप्रसाद पोखरेल सचिव, सीता पोखरेल कोषाध्यक्ष र कमल पोखरेल सहसचिव बनेका छन्।
अधिवेशनको अवसरमा पोखरेल वंशको वंशावली पुस्तक पनि विमोचन गरिएको छ। चार अध्यायको पुस्तकमा मानव उत्पत्ति, वंशवृक्ष, कुल संस्कार र संस्थाका गतिविधि समेटिएको छ। पुस्तक खेमराज पोखरेलले लेखेका हुन्।
करिब २ सय सदस्यको सहभागिता रहेको कार्यक्रममा ८४ वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।
Advertisement