• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

रिडी–तम्घास सडकको ५५% प्रगति


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीको रिडी–तम्घास सडक स्तरउन्नतीको मकाम तीब्र गतीमा अगाडी बढेको छ । सडक ट्याक खुलेको ४३ वर्षपछि स्तरउन्नती भइरहेको छ ।
        मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडी–तम्घास सडकको राजासम्म स्तरउन्नती गर्ने कार्य हुँदै आएको छ । सडकको २५ किलोमिटर क्षेत्रमा अहिले स्तरउन्नतीको काम तिब्र रुपमा भइरहेको छ । राजमार्गको फागुनको दोस्रो सातासम्म ५५ प्रतिशत भौतिक प्रगती र ४५ प्रतिशत वित्तिय प्रगती भएको मदन भण्डारी योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले बताए । निर्माण व्यवसायीले आउदो असारसम्म ८ किलोमिटर कालोपत्रे, ३ किलोमिटर ढलानको काम सम्पन्न गर्ने गरि काम अगाडी बढेको उनले बताए । वर्खासम्म २५ किलोमिटर क्षेत्रको नाली निर्माण र ग्राभेलको काम पनि सम्पन्न हुने इन्जिनियर पौडेलले बताए। सडकको कटिङ्गको काम सकिएकोे समानन्तर इलाइट जेभीले जनाएको छ । सडकको कामलाई तोकिएकै मितिमा सम्पन्न गर्न निर्माण व्यवसायीले कामलाई तिब्र रुपमा गर्दै आएको छ । अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्कीदै गएको थियो ।
       गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सडक भएकाले यो सडकमा सवारी साधनको चाप पनि उत्तिकै हुने गर्दछ । अहिले भएको सडक सानो हुँदा दुर्घटनाको जोखिम पनि बढी नै रहेको थियो ।  सवारी साधनको बृद्धिसँगै पुरानो बाटोले साँघुरो हुँदै गएपछि रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडक बिस्तार हुँदैछ। पहिलो चरण २५ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे हुन लागेको हो । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौत भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
         १ अर्व ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । तम्घास भित्रिने मुख्य राजमार्ग भएकाले यसलाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि सबै पक्षले निकै चासोका साथ हेरिएको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घाससम्म २०३८ सालमा जिल्लाका विभिन्न ठाउँका स्थानीय मिलेर सडक खनेर पहिलोपटक ट्याक्टर आएको थियो  । साँघुरो सडकका करिब ४३ वर्षसम्म सवारी साधनहरु जाज–जाउ गरेका थिए । जनसंख्या बृद्धिसँगै अहिले सवारी चाप पनि बढदै गएको छ । सडक बिस्तारले बलेटक्सार, श्रृङ्गा, लुम्छा, विरवास लगायतका ठाउँमा केहि बस्ती समेत हटाइने भएको छ । सडक बिस्तार गर्न लागेकोमा स्थानीयले हर्षित छन् । साँघुरो सडकमा जोखिपूर्ण यात्रा गर्नुपर्ने अवस्थामा रहेका नागरिकहरुले तोकिएकै मितिमा निर्माणको काम सम्पन्न गर्न आग्रह समेत गरेका छन् ।  सडक खुलेको धेरै समयपछि सडक बिस्तार हुनु सुखद पक्ष रहेको स्थानीय होमनाथ कँडेलले बताए । मदन भण्डारी राजमार्ग गुल्मीको रिडी–तम्घास–सिमलटारी,पुर्कोटहुँदै प्युठान जोडिएको छ । राजमार्गको तम्घास सिमलटारी खण्डको २९ किलोमिटर ५ वर्ष पहिले कालोपत्रे भएको थियो । सिमलटारी सौतामारे–मच्छी–सडक कालोपत्रे गर्न निर्माण कार्य अगाडी बढेको छ। सडकको १६ किलोमिटर क्षेत्र अन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । त्यस स्थानमा काम निकै सुस्त गतिमा हुँदै आएको छ । मदन भण्डारी राजमार्गको सिमलटारी सौतामारे खण्डमा श्रेष्ठ सक्षम जेभी काठमाडौंले निर्माणकार्य गर्दै आएको छ । सडकको १ अर्व ४५ करोड ३२ लाख ९ हजार ९९० रुपैयाँको लागतमा निर्माण कार्य हुँदै आएको छ ।
         ०७९ साल कात्तिक ६ गते सम्झौता भएको सडकको ०८२ साल साउन ५ गतेसम्पन्न गर्ने गरि म्याद रहेको छ । 

    Advertisement

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation