• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नव निर्मित भवन उद्घाटन


  •   मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
  • बर्दिया।  बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नव निर्मित भवनको उद्घाटन भएको छ । प्राचीन सृजनशिल आदिवासी समाज रेडियो गुर्वावा एफ.एमले निर्माण गरेको सांस्कृतिक भवनको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भपारेर  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सिमान्तकृत तथा पिछडिएको वर्गको हरेक क्षेत्रमा समान पहुँचकालागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुलाई समावेशी बनाएको बताउनु भएको छ ।
    प्रदेश निजामती सेवामा थारु समुदाय तथा अन्य समुदायलाई केन्द्रित गरेर आरक्षणको व्यवस्था गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।‘प्रदेश सरकारले बनाएका कानुनहरुले सिमान्कृत तथा पिछडिएको वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘लुम्बिनी प्रदेशमा १४ प्रतिशतको हाराहारीमा थारु समुदाको जनसंख्या रहेको छ । हामिले थारु समुदायको निजामती सेवामा १३ प्रतिशत आरक्षणको व्यवस्था गरेका छौं ।’ प्रदेश सरकारले समाज रुपान्तरणको अभियानलाई अघि बढाउन नीति तथा कार्यक्रमहरुलाई समेत जोडेर लगेको सभामा जानकारी दिनुभयो । ‘यो समाज रुपान्तरणको अभियानलाई व्यापक बनाउन जरुरी छ । प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई सोही अनुसार अघि बढाएको छ’उहाँले भन्नुभयो,‘यसले सामाजिक सद्भावलाई अझैं बढाउने छ । हामीले परिकल्पना गरेको समुन्नत समाज निर्माणको लागि आजको दिन कोशेढुंगा सावित हुनेछ ।’
    सिमान्तकृत तथा पिछडिएको वर्गको पक्षमा सरकार रहेको बताउदै उहाँले आगामी दिनहरुमा समुदायलक्षित अभियानहरु सञ्चालन गरिने बताउनु भयो । सम्वोधनको क्रममा मुख्यमन्त्री आचार्यले अव्यवस्थीत बसोवासी तथा भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको समस्या समाधान गर्न तीन तहकै सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाएर लगेको जानकारी दिनुभयो । प्राचीन सृजनशिल आदिवासी समाजका अध्यक्ष सार्जने कामीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
    स्थानीय टीकाराम पौडेलले दान दिएको डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले ५५ लाख, समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र बासगढि नगरपालिकाको १५ लाख गरि कुल एक करोड १६ लाख रुपियाँको लागतमा भवन निर्माण भएको हो ।

    Advertisement

    मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation