• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

मुसिकोट–१ लाई बदल्ने दलबहादुरका संकल्प


  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
  • गुल्मी। गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि निर्वाचन हुन लागेको छ । उपनिर्वाचनको मिति नजिकिन थालेसँगै दलहरुले चुनाव लक्षित कार्यक्रमहरु सक्रिया बढेका छन् । दलहरुले वडाअध्यक्षका उम्मेदवारको मनोनयन दर्ता गरेर चुनाव लक्षित कार्यक्रमहरु पनि गर्न थालेका छन् । वडाअध्यक्षमा एमालेबाट उम्मेदबार बनेका दलबहादुर थापाले जित्ने बलियो सम्भावना रहेको छ ।
    यसपटक मुसिकोटमा अहिलेको अवस्था हेर्दा एमालेका उम्मेदवारले जित्ने पक्का रहेको प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले बताए । अर्याल यतिबेला चुनावी प्रचारप्रसारको क्रममा पौदी अमराइमा खटिएका छन् । उनले एमालेका उम्मेदवार परिपक्क, वडाको सामाजिक, शैक्षिक र विकास कार्यमा निरन्तर नेतृत्व क्रियाशिल रहेको बताए । उनलाई वडाअध्यक्षमा बिजयी गराउन एमाले एकताबद्ध भएर चुनावी मैदानमा रहेको बताए ।
    एमालेबाट उम्मेदबार बनेका थापा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए । त्यस समयमा वडामा विकास लागि खेलेको भूमिका र पुरानो अनुभव बोकेर चुनावी प्रतिस्पर्धामा उनि छन् । उनलाई जनसमर्थन पनि उनकै पक्षमा बलियो छ । उनले वडामा विभिन्न खालका योजनाहरु अगाडी सारेर यतिबेला मत मागि रहेका छन् । वडाअध्यक्ष चुनाव जिते उनले धेरै काम गर्न सक्ने आटसँगै उनलाई साथ दिनको लागि एमालेकै नगरप्रमुख उपप्रमुख छन् । त्यसैले पनि उलाई काम गर्ने र जित्ने बातावरण बलियो छ ।
    यस वडाभित्र अव्यवस्थित रूपमा रहेका विद्युत्तीय पोल र तारलाई व्यवस्थित गर्दै बाटो लाइनमा व्यवस्थापन गरी सडक बत्ती जोडिने योजना उनको छ । शुद्ध पिउने पानी खानेपानी नपुगेका टोलटोलमा शुद्ध पिउने पानी पु¥याउदै अव्यवस्थित रूपमा सञ्चालन भएका र योजना सञ्चालन भई पूरा नभएका योजनालाई प्राथमिकताको आधारमा व्यवस्थित र सम्पन्न गर्दै पानीको आवश्यकतालाई पूर्ति योजना थापाले लिएका छन् ।

    Advertisement

    कृषि र पशुपालन
    यस वडाभित्र रहेको खेतीयोग्य जमिन र कृषिमा आधारित ९० प्रतिशत कृषकहरूलाई कृषि पेशामा उन्मुख गराउन माटो परीक्षण गराई प्राविधिकको सल्लाह बमोजिम सम्भावय खेती प्रणाली लागु गर्दै विभिन्न जातका आयआर्जन हुने फलफूल, तरकारी खेती, अन्नवालीमा विशेष जोड दिदै पशुपालनमा उन्नत गाईभैंसीपालन गरी दूध उत्पादन र मासुका लागि बाखा, कुखुरा, बंगुरपालनमा वडाभित्रका प्रत्येक कृषकलाई समावेश गराई उत्पादनमा आधारित प्रोत्साहन र अनुदान प्रदान गरी कृषिमा आयआर्जन गराई रोजगारी सिर्जना गर्ने उनको सोच ट ।
    स्वास्थ्य दीर्घरोगी, ज्येष्ठनागरिक, अपाङ्ग बालबालिका प्रसूती भएका महिला समेतको लागि वडाभित्रका विभिन्न स्थानमा साप्ताहिक घुम्ती शिविर सञ्चालन गरीने गर्ने प्रतिबद्धता थापाको छ।

    शिक्षा
    यस वडाभित्र रहेका शिक्षण संस्थामा गुणस्तरीय शिक्षाको लागि आधुनिक प्रविधिको व्यवस्थापन गर्न बिचार उनको छ ।

    पर्यटन
    यस वडाभित्र रहेका पुरातात्विक तथा ऐतिहासिक स्थल मन्दिरको पर्यटन विकास पूर्वाधारमा जोड दिदै निर्माण, प्रचार–प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याई रोजगारी सिर्जना गर्ने साथै यस क्षेत्रका सम्पूर्ण धार्मिक मठमन्दिरको संरक्षण गर्ने संकल्प छ ।

    रोजगार
    वडाभित्र बेरोजगारमा रहेका युवायुवतीहरूलाई उनीहरूको चाहना अनुसारको विभिन्न सीपमुलक तालिम प्रदान गरी व्यवसायमुखी बनाई रोजगारी सिर्जना गरिने छ । साथै कृषि र पशुपालनमा प्राविधिक तालिम उपलब्ध गराई समूहगत रूपमा खेती र पशुपालनका उत्पादनमा आधारीत अनुदान प्रदान गरी रोजगार बनाउने योजना उनमा छ । कृषकमा वन्यजन्तु आक्रमण समस्या यस वार्ड भित्रका ९० प्रतिशत कृषकहरूले गरेको खेतीलाई बादरको आक्रमणबाट पूर्णरूपमा क्षती हुँदै आएको हुदाँ सम्बन्धित निकायहरूसँग समन्वय गरी कृषकले लगाएको बाली जोगाउन कृषक वडा कार्यालय, नगर कार्यपालिका र आवश्यक निकायसँग पहल गरी रोकथाम र बीमाको व्यवस्था गरिने छ ।
    वडामा ८ जनाको उम्मेदवारी परेको छ । वडामा वडाअध्यक्ष ५ जना राजनितिक दल र ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । उम्मेदवारहरु धेरै भएपनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमाले बीच नै रहेको छ ।
    मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मुसिकोट नगरपालिकामा रिक्त वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा उम्मेदवार बनेका छन् । त्यस्तै माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्रीले उम्मेदवारी रहेका छन् । स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापाले उम्मेदवारी रहेको छ । त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।
    उपनिर्वाचन हुन लागेको वडामा २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ३ हजार ८०८ मतदाता रहेका थिए । वडामा नेपाली कांग्रेसका वडाअध्यक्ष जीतेपनि अरु वडा सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए । त्यति बेला नेकपा माओबादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका मोहन घिमिरेले ११८२ मत प्राप्तगरि विजयी भएका थिए । नेकपा एमाले एक्लै प्रतिस्पर्धामा रहेको थियो । त्यस समयमा एमालेका नारायण बहादुर थापाले ११४३ मत प्राप्त गरेका थिए । अहिले भने पाँच वटा राजनितिक दलबाट उम्मेदबारहरु चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारहरु भएपनि अघिल्लो मतको आधारमा मुख्य प्रतिस्पर्धामा हुने आकलन रहेको छ। वडाअध्यक्षका निर्वाचनका लागि यस पटक तिन वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् ।

    आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation