गुल्मी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ गुल्मीको अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न १० औं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।
जसको उपाध्यक्षमा हरिकृष्ण सुवेदी, सचिवमा सन्देश खत्री, उपसचिवमा सज्जन ढकाल , उपसचिव महिलामा पुजा कंडेल, कोषाध्यक्षमा हिमाल भण्डारी चयन भएको युवा संघ नेपाल केन्द्रीय सदस्य कपुर घिमिरे बताए । अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य जंग नेपाली, गणेश खनाल,एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछ, जिल्ला कमिटी सचिव धर्म बिश्वकर्मा, सहसचिव चक्रबन्धु भुसाल, युवा संघ केन्द्रीय सदस्य कपुर घिमिरे लगायता युवासंघका जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागीता रहेको थियोे।
एमाले गुल्मीले अधिवेशन गर्न बाँकी रहेका जनवर्गीय संगठनकोो अधिवेशन गर्ने कार्य तिब्रताका साथ अगाडि बढाएको छ ।
युवा संघ गुल्मीको अध्यक्षमा आचार्य चयन
युवा संघ गुल्मीको अध्यक्षमा आचार्य चयन
Advertisement
तपाईको प्रतिक्रिया