• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

कोहलपुरमा १५९ औं मोती जयन्ती मनाइयो


  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
  • बाँके। १५९ औं मोती जयन्तीको अवसर पारेर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागले काव्य गोष्ठीको आयोजना गरी मोती जयन्ती मनाएको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले मोतीराम भट्टको योगदान नेपाली गजलका साथै समालोचना, कविता र पत्रकारितामा अतुलनीय रहेकाे बताए । मोतीराम भट्टले भक्तिधारा र वीर रसमा बगिरहेको नेपाली साहित्यको धारलाई श्रृङ्गारिक धारमा परिवर्तन गरी नयाँ युगको सुरु गरेको बताउँदै प्राज्ञ ढकालले मोतीरामको जीवनीबाट खुट्टा तान्नेहरूभन्दा हात तान्नेहरू नै जीवनमा स्थापित हुनसकेको उदाहरण दिन सकिने बताए ।
    हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार पुष्कर रिजालले रचना वाचन विभागलाई धन्यवाद दिदै युवा कवि मोतीराम भट्टको जन्म जयन्तीको अवसरमा मोतीराम भट्टको बहुमुखी प्रतिभा र योगदानलाई सम्झदै मोतीरामप्रति समर्पित कविता सुनाएका थिए । उनले प्रतिष्ठानका साहित्यिक कार्यक्रम र भवन निर्माणको काममा सहयोगी हातहरुको आवश्यकता रहेको बताए ।
    मोतीराम भट्टको जीवनी र कृतित्वका बारेमा उप प्रध्यापक खोपीराम ओली क्षेत्रीले मोतीराम भट्टले छोटो समयमा नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएको बताउँदै नेपाली साहित्यमा मोतीराम भट्ट उदारणीय व्यक्ति भएको बाताए ।
    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै साना घरेलु महासंघ बाँकेका अध्यक्ष हेम विक्रम जिसीले पूर्णिमाका कार्यक्रमहरू लोभ लाग्दा हुने गरेका बताउँदै यस प्रतिष्ठानले भाषा साहित्य र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा खुसी लागेको बताए ।
    साहित्यकार सागर गैरेले हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान पश्चिम क्षेत्रको भाषा, साहित्य, कला र संस्कृति संरक्षणमा निरन्तर लागि परेको बताउँदै पूर्णिमाले पत्रिका प्रकाशन, पुस्तक प्रकाशन र रचना वाचनलाई प्राथमिकतामा राख्दै आएकोले नयाँ स्रष्टाहरू जन्माउन सहयोग गरेको बताए ।
    कार्यक्रमका सभापति तथा रचना वाचन विभागका संयोजक प्रकाश मरासिनीले नेपाली साहित्यमा नयाँ सर्जक जन्माउन रचना वाचन कार्यक्रमलाई युवा तथा विद्यार्थीहरूको माजमा लैजाने बताउँदै नेपाली साहित्यमा योगदान दिने विशिष्ट व्यक्तित्वका जन्म जयन्तीमा यस्तै रचना वाचन कार्यक्रमहरू गर्दै जाने बताए ।
    कार्यक्रममा वरिष्ठ पत्रकार एवं तक्षशिला एकेडमीका अध्यक्ष विष्णु प्रसाद बोलबाले, ज्ञानोदय सामुदायिक पुस्तकालयका सचिव एकराज शर्मा लगायत पाँच दर्जन जति साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा देवकी निरौला, बद्री ढकाल हिरामणि , कासीराज अधिकारी , हुकुम धड्कन, बलराम काफ्ले, केशव निमेष, केशव निमेष, हरि त्रिपाठी, प्रकाश क्षितिज, विमला खत्री,आयुषा काफ्ले, श्रया पौडेल , बिमला खत्री, सक्षम चालिसे, विपिन सिङ, अपि लम्साल लगायत दुई जर्जन बढी स्रष्ठाहरूले रचना वाचन गरेका थिए ।
    कार्यक्रम साना उद्योग तथा घरेलु महासंघको सभाहलमा सम्पन्न भएको थियो ।

    Advertisement

    सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...