• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

गुल्मीदरबार गाउँपालिकामा नसर्ने रोगका बिरामी बढदै


  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीदरबार गाउपालिकाको स्वास्थ्य सस्थाहरुको आर्थिक ०८०/०८१ को वार्षिक समिक्षा गरिएको छ । गाउँपालिकामा भएको कार्यक्रममा पालिका भित्रका सात वटै स्वास्थ्य संस्था र पालिकाको स्वास्थ्य शाखाले एक वर्षसम्म गरेका प्रगति समिक्षा गरिएको हो ।
       ग्रामीण क्षेत्रमा सरुवा रोग भन्दा नर्सर्ने रोग बढदै गएको तथ्यङ्क सार्वजनिक भएको छ । गुल्मीदरबार गाउँपालिकाले प्रस्तुत तथ्याङ्क अनुसार नसर्ने खालका जटिल रोगहरुबाट नागरिकहरुमा असर पार्दै गएको पाइएको हो । पालिकाको स्वास्थ्य शाखाको शाखा प्रमख नारायण अर्याल र अन्य सातवटा स्वास्थ्य संस्थाहरुको संस्था प्रमुखहरुले प्रगति प्रस्तुत गरेका थिए । गाउँपालिका भित्र सर्ने भन्दा नसर्ने रोग लाग्ने क्रम बढदै गएको तथ्याङक प्रस्तुत गरिएको थियो ।
       जस अनुसार पालिका भित्र मुटु सम्बन्धी रोगबाट १८ जना, क्यान्सर रोगबाट २६ जना, मृगौला रोगी ११ जना र इस्पाइनल एन्जुली २ जना रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण अर्यालले बताउनुभयो  ।  पालिका भित्र सर्ने भन्दा नसर्ने रोगका बिरामी बढदै गएकाले त्यसको न्यूनिकरणका लागि पालिकाले आबश्यक गतिबिधी सञ्चालन गर्ने अर्यालको भनाइ छ । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेका प्रगतीहरुको बारेमा प्रशंसा समेत गरिएको थियो । विभिन्न संघ संस्थाका प्रमुखहरुले पालिकाले स्थास्थ्य शाखाले गरेको प्रशंसा गरिएको थियो ।
        प्रगति समिक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख र सबै स्वास्थ्य सस्थाका प्रमुख बिच आर्थिक वर्ष ०८१/०८२ का लागि लागि कार्यसम्पादन सम्झौता गरिएको थियो । पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालसँग प्रमुख प्रशसाकीय अधिकृत भेषराज घिमिरेसँग  कार्यसम्पादन सम्झौता गरिएको थियोे । 
        स्वास्थ्य संस्थाका प्रमुखहरुसँग स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत  पशुपति आचार्यले कार्यसम्पादन सम्झौता गरिएको थियो । यो कार्य जिल्लाकै नमूना कार्य रहेको छ ।
       यसकार्यले स्वास्थ्यका कार्यक्रमहरु कुन कहिले कहाँ कसरी गर्ने जस्ता जानकारी हुनेछन् । प्रगति समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले गुल्मिदरबार गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका नविनतम कार्यक्रमहरु अन्य पालिकाले पनि अनुशरण गर्नुपर्ने बताउनुभयो ।
     गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले पालिकामा भित्र सर्ने भन्दा नसर्ने रोगका बिरामी बढदै गएकाले जनचेतना मूलका कार्यक्रमहरु लैजाने बताउनुभयो । स्वास्थ्य सेवालाई थप सुदृढ बनाउनका लागि सबै क्षेत्रको सहयोगले पालिकले स्वास्थ्यको क्षेत्रका धेरै प्रगती गदै आएको अध्यक्ष थापाको भनाइ छ। कार्यक्रममा स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सम्बन्धी सन्देशमूलक गीत र नृत्य समेत प्रस्तुत गरेका थिए। पालिकाले पूर्वाधारको क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। गतवर्ष पालिका नेपालमै पहिलो पूर्ण पोषण मैत्री स्वास्थ्य संस्थायुक्त गाउँपलिका घोषणा गरिएको छ ।
         पालिकामा १५ शैयाको अस्पताल भवन निर्माणको काम सम्पन्न गरेर केहि महिना भित्रमा अस्पताल सञ्चालनमा ल्ययाउने तयारी समेत गरेको छ ।  त्यसका लागि गाउँपालिकाले ल्याब लगायतका सामाग्रीहरु प्रदेश सरकारसँग माग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एकजना बिशेषज्ञ राखेर सञ्चालन गर्ने तयारी गरेको छ ।

    Advertisement

    आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation