काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत नपाएर सरकार ढलेसँगै राष्ट्रपतिले सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नु भएको थियो । एमाले अध्यक्ष ओलीले कांग्रेस र नेकपा (एमाले) का १६६ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेश गर्नु भएको थियो।
नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ भोलि (सोमबार) बिहान ११ बजेका लागि तय भएको छ । ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको हो।प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओलीले सबैलाई धन्यवाद दिनुभएको छ। लगत्तै सामाजिक सञ्जालमा ओलीले लेख्नुभएको छ, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद ।’
Advertisement