• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

सुत्केरी वोकेर घर सम्म पुर्याउदै स्वास्थ्यकर्मी


  •   सोमबार, असार २५, २०८१ मा प्रकाशित
  • प्युठान। ऐरावती गाउँपालिका–६, काल्ने प्युठानकी ३० वर्षिय जिवा विकलाई एक्कासी सुत्केरी व्याथाले च्याप्यो ।
    माइती घरबाट उहा ३ वर्षको नाबालक छोरो र आमासहित रातको ८ बजे करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुग्नुभयो।
    त्यसैदिन राति करिब १० बजे जिवाले सामान्य अवस्थामा छोरीलाई जन्म दिनुभयो । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीहरुले उहालाई घर जान सल्लाह दिनुभयो । तर पानी परिरहेकाले बाटो अबरुद्द थियो। गाडी चलेका थिएनन् । उहा आफै हिडेर जान सक्नुहुन्थेन। उहालाई बोकेर लैजाने सहयोगी पनि कोहि थिएन्न ।
    त्यसपछि स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उहाको घरसम्मै पुर्‍याइदिए । जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौं) टुकाराम पोख्रेलले भन्नुभयो, ‘स्वास्थ्य चौकीमा आएका गाउँका मान्छेहरुलाई घरसम्म पुर्‍याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार नभएपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पुर्‍याइदियौं।’
    जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जिवालाई पालैपालो बोक्नुभएको थियो।
    मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आउनुभएकि जिवा विकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । त्यसैले उहा माइतमा बस्दै आउनुभएको हो।
    स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । तर जनस्वास्थ्य निरीक्षक पोख्रेलबाहेक अरु सबै महिलामात्र हुनुहुन्छ । जनस्वास्थ्य निरीक्षक पोख्रेलले भन्नुभयो,‘ अब सुत्केरीलाई घर लैजान सक्नुहुन्छ भन्यौं । उहाँले आफैं हिँडेर जान्छु पो भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई झन् जोखिम होला भनेर हामीले नै हिम्मत गर्‍यौं,’ ‘सुरुमा मैले अगाडिबाट दुबै काँध थापेँ । पछाडितिर महिला कर्मचारीहरुलाई बोक्न भनें । पछि आलोपालो गरियो ।’
    स्थानीयका अनुसार गाउँमा पुरुष र युवाहरुको अभाव छ । भएका केही व्यक्तिहरु पनि खेतीपातीको समय भएकाले व्यस्त थिए ।
    सुत्केरी जिवा विकलाई बोकेकी अनमी पार्वता पुनले भन्नुभयो,
    ‘हामीले बोकेर लैजान्छौं भन्दा म आफैं हिँडेर जान्छु भन्न थाल्नुभयो। भर्खरकी सुत्केरीलाई रक्तश्राव जस्ता जटिलता होला भनेर हामीले नै बोक्यौं, । उहाका अनुसार धरमपानी स्वास्थ्य चौकीबाट सुत्केरी जिवाको घर करिब एक घण्टाको दूरीमा छ । उहाको घर पुग्न मूल बाटो छोडेर करिब आधा घण्टा गोरेटो बाटो हिँड्नुपर्छ । पानी परेकाले गोरेटो बाटो चिप्लो थियो । महिला कर्मचारीहरुले बोकेको देखेपछि बजारबाट कोही न कोही साथ दिन पक्कै आउँछन् भन्ने लागेको थियो । तर बजारका मान्छे एक जना पनि आएनन्, सोध्दा पनि सोधेनन्,’ पुनले भन्नुभयो,‘बाटोमा मान्छेहरुले हामीलाई हेरिरहे । सहयोग गर्न कोहि आएनन् ।’
    अप्ठ्यारो अवस्थामा छरछिमेकले साथ नदिए पनि स्वास्थ्यकर्मीको सहयोगले आफूले पुनर्जीवन पाएझैं लागिरहेको सुत्केरी जिवाले बताउनुभयो । ‘
    सामाजिक संजाल प्रयोगकर्ताहरुले भने सुत्केरी वोकेर घर पु¥याउने स्वास्थ्यकर्मिहरुको तारिफ गर्दै धन्यवाद व्यक्त गरेका छन् ।
    प्युठानको मल्लरानी ३ मा रहेको धरमपानी स्वास्थ्य चौकीमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १, प्युठानको मल्लरानी गाउँपालिकाकै वडा नम्बर २ र ऐरावती गाउँपालिकाको वडा नम्बर ६ का बासिन्दाले पनि सेवा लिने गर्दछन् ।

    Advertisement

    सोमबार, असार २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation