• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, पुष १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ६. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

  • ७. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ८. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सुत्केरी वोकेर घर सम्म पुर्याउदै स्वास्थ्यकर्मी


  •   सोमबार, असार २५, २०८१ मा प्रकाशित
  • प्युठान। ऐरावती गाउँपालिका–६, काल्ने प्युठानकी ३० वर्षिय जिवा विकलाई एक्कासी सुत्केरी व्याथाले च्याप्यो ।
    माइती घरबाट उहा ३ वर्षको नाबालक छोरो र आमासहित रातको ८ बजे करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुग्नुभयो।
    त्यसैदिन राति करिब १० बजे जिवाले सामान्य अवस्थामा छोरीलाई जन्म दिनुभयो । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीहरुले उहालाई घर जान सल्लाह दिनुभयो । तर पानी परिरहेकाले बाटो अबरुद्द थियो। गाडी चलेका थिएनन् । उहा आफै हिडेर जान सक्नुहुन्थेन। उहालाई बोकेर लैजाने सहयोगी पनि कोहि थिएन्न ।
    त्यसपछि स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उहाको घरसम्मै पुर्‍याइदिए । जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौं) टुकाराम पोख्रेलले भन्नुभयो, ‘स्वास्थ्य चौकीमा आएका गाउँका मान्छेहरुलाई घरसम्म पुर्‍याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार नभएपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पुर्‍याइदियौं।’
    जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जिवालाई पालैपालो बोक्नुभएको थियो।
    मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आउनुभएकि जिवा विकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । त्यसैले उहा माइतमा बस्दै आउनुभएको हो।
    स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । तर जनस्वास्थ्य निरीक्षक पोख्रेलबाहेक अरु सबै महिलामात्र हुनुहुन्छ । जनस्वास्थ्य निरीक्षक पोख्रेलले भन्नुभयो,‘ अब सुत्केरीलाई घर लैजान सक्नुहुन्छ भन्यौं । उहाँले आफैं हिँडेर जान्छु पो भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई झन् जोखिम होला भनेर हामीले नै हिम्मत गर्‍यौं,’ ‘सुरुमा मैले अगाडिबाट दुबै काँध थापेँ । पछाडितिर महिला कर्मचारीहरुलाई बोक्न भनें । पछि आलोपालो गरियो ।’
    स्थानीयका अनुसार गाउँमा पुरुष र युवाहरुको अभाव छ । भएका केही व्यक्तिहरु पनि खेतीपातीको समय भएकाले व्यस्त थिए ।
    सुत्केरी जिवा विकलाई बोकेकी अनमी पार्वता पुनले भन्नुभयो,
    ‘हामीले बोकेर लैजान्छौं भन्दा म आफैं हिँडेर जान्छु भन्न थाल्नुभयो। भर्खरकी सुत्केरीलाई रक्तश्राव जस्ता जटिलता होला भनेर हामीले नै बोक्यौं, । उहाका अनुसार धरमपानी स्वास्थ्य चौकीबाट सुत्केरी जिवाको घर करिब एक घण्टाको दूरीमा छ । उहाको घर पुग्न मूल बाटो छोडेर करिब आधा घण्टा गोरेटो बाटो हिँड्नुपर्छ । पानी परेकाले गोरेटो बाटो चिप्लो थियो । महिला कर्मचारीहरुले बोकेको देखेपछि बजारबाट कोही न कोही साथ दिन पक्कै आउँछन् भन्ने लागेको थियो । तर बजारका मान्छे एक जना पनि आएनन्, सोध्दा पनि सोधेनन्,’ पुनले भन्नुभयो,‘बाटोमा मान्छेहरुले हामीलाई हेरिरहे । सहयोग गर्न कोहि आएनन् ।’
    अप्ठ्यारो अवस्थामा छरछिमेकले साथ नदिए पनि स्वास्थ्यकर्मीको सहयोगले आफूले पुनर्जीवन पाएझैं लागिरहेको सुत्केरी जिवाले बताउनुभयो । ‘
    सामाजिक संजाल प्रयोगकर्ताहरुले भने सुत्केरी वोकेर घर पु¥याउने स्वास्थ्यकर्मिहरुको तारिफ गर्दै धन्यवाद व्यक्त गरेका छन् ।
    प्युठानको मल्लरानी ३ मा रहेको धरमपानी स्वास्थ्य चौकीमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १, प्युठानको मल्लरानी गाउँपालिकाकै वडा नम्बर २ र ऐरावती गाउँपालिकाको वडा नम्बर ६ का बासिन्दाले पनि सेवा लिने गर्दछन् ।

    Advertisement

    सोमबार, असार २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ६.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation